Rashtriya Dainik

सहयोग नै धर्म हो,बेसाहाराका लागि साहारा नै पूजा हो

संजय कुशवाहा / नवलपरासी १ माघ

सेवा नै धर्म हो तर आजका सम्पूर्ण मानिसहरू कर्ममै व्यस्त भइरहेका छन्। यतिसम्म व्यस्त कि आफैँलाई बिर्सेर, अझ भनुँ आफ्नो अस्तित्वलाई समेत बिर्सेर जायज कर्म होस् वा नाजायज कर्म होस्, जस्तोसुकै कर्म गरेर भए पनि धन सम्पत्ति कमाउने र भौतिक सुख सुविधामा मात्र लागिरहेको देखिन्छ ।

आजका मानिसमा कर्तव्य र अकर्तव्यको बोध समेत हराउँदै गएको छ। अरूलाई नभएको झुटा कुरा गरेर ठगी गरेर होस्, वा परिआए अरूको हत्या समेत किन नहोस् आफ्नो स्वार्थ पूरा गर्नेतर्फ मात्र उन्मुख भइरहेको देखिन्छ तर असहाय, पीडित, दीन–दु:खी मानिसको सेवा नै भगवानको सेवा हो । भनिन्छ भगवान स्वयं त यस धर्तीमा आउँदैनन् । उनै भगवानले बेसाहाराहरुका लागि एन्जेल (परी) को रुपमा कुनै एक मानिस पठाईदिन्छन् । उनको रुप मानिसकै हुन्छ । तर कर्म तीनै लोक किंवदन्ति, कथा, कहानीमा भगवानका कामका बारेमा ब्याख्या गरेजस्तै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ कठहवा बस्ने समाजसेवी सीताराम कोइरी मकर संक्रान्ती , माघि तथा खिचडीकाे पर्वको अवसरमा आफ्नाे गाउँमा रहेका पाँच जना बेसाहारा रहेका व्यक्तिलाई कम्मल बितरण गरेका हुन । हाम्रो सभ्यतामा समाजसेवा प्रशंसनीय कार्य हो,समाजसेवी आदर्श व्यक्ति हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित