Rashtriya Dainik

पर्यटकीय नगरी अमवासमा मगरको माघी पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिनोद मण्डल पुस 30 । नेपालको राजनीतिक इतिहासमा कम्युनिष्टको लालकिल्ला भनेर चिनिने साविक गाउँविकास समिति विष्णुपुरक्ट्टी 3 तथा हाल धनगढीमाई 14 स्थित सर्रे अंमवासको श्री मदन स्मृति माध्यामिक विद्यालयमा मगर समुदायको जिल्ला कार्यसमिति द्धारा आयोजित ९ औं माघेसंक्रान्ति २०७८ शुभकामना आदानप्रदान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमक आज भव्यताका साथ सम्पन्न भएको छ ।

निर्धारित समयमा संचालित कार्यक्रममा मगर संघको जिल्ला कार्यसमिती अध्यक्ष प्रकाश मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नन्दकुमार थापा मगर विशिष्ट अतिथि धनगढीमाईका मेयर हरिनारायण चौधरी ,रेशम कुमारी थापा मगर(गोलबजार नगरपालिका) उपमेयर लगायत अथितीहरु आदिवासी जनजाति महासंघ सिराहा शाखाको अध्यक्ष डेनोक मोक्तान , उपाध्यक्ष दिलीप लामा लगायत रूपा आले मगर ,उत्तर बहादुर नगर ,तेज बहादुर नगर, नेपाल पत्रकार महासंघ सिराहा शाखाको सदस्य बिनोद मण्डल लगायतको उपस्थितिमा आयोजित मगर समुदायको कार्यक्रममा जिल्लाका विभिन्न भागबाट सवारीसाधनको माध्यमबाट करिब 4हजार मगर समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालको शहीद लखन थापाको तस्बिरमा मगर संघको जिल्ला सल्लाहकार नन्दकुमार थापा ले माल्यार्पन गरेपछि कार्यक्रममको औपचारिकता शुरु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अशोक मगरले गर्नुभएको थियो भने स्वागत नृत्य अलङ्कार कला केन्द्र धनगढीमाई ९ जिरोमाइलको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ सिराहा शाखाको अध्यक्ष डेनोक मोक्तानले मगरहरू सांस्कृतिक हिसाबले धनी भएको र राज्यसँग आफ्नो अधिकारको लागि अझै लड्नुपर्ने बताउनु भएको छ । अधिकांश वक्ताले राज्यको हरेक निकायमा मगरको पहुंच हुनुपर्ने धारणा राखेका थिए भने केही वक्ताले नेपाली राजनीतिक हिसाबले जुनसुकै पार्टी भएपनि आपसमा मगर एक हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लोक गायिका प्रीति आलेको बेजोड सांगीतिक प्रस्तुतिको कारण कार्यक्रम खुशीयालीमा परिणत भएको थियो भने कलाकार आले आफू सिरहामा पनि मगर समुदायको बाहुल्यता रहेको खुशीयालीमा मंचमा पछिमिली र पूर्वेली भाकाका गीतहरू गाएर दर्शकलाई मोहित पारेका थिए ।
कार्यक्रमको सञ्चालन निर बहादुर आले र अर्का एक महिलाले सञ्चालन गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित