Rashtriya Dainik

सरावलमा माघीकाे अवसरमा दुई दिन सार्वजनिक बिदा ,अध्यक्ष चाैधरीद्वारा शुभकामना ब्यक्त

राष्ट्रिय दैनिक / नवलपरासी ,३० पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले थारु समुदायको नयाँ वर्ष एवं महत्त्वपूर्ण पर्व माघी (खिचडी) काे अवसरमा पुस ३० गते र माघ १ गते सार्वजनिक बिदा गरेको छ ।

पालिका अध्यक्ष राधेश्याम चाैधरीले थारु समुदायको नयाँ वर्ष एवं महत्त्वपूर्ण पर्व माघी (खिचडी)काे अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै स्वास्थ्य सतर्कता अपनाई चाडपर्व मनाउन गाउँपालिका बासीसंग अपिल गर्नुभएको हाे।

साे अवसरमा सरावल गाउँपालिका कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, वितिय संघसंस्था ,शैक्षिक संस्था तथा अन्य सार्वजनिक संघ संस्थाहरु बन्द रहने गरि विदा दिइएको गाउँपालिका अध्यक्ष चाैधरीले बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित