वीरगंज, २९ पुस । स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने भएका छन् ।
प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले बिहिबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ १ गते शनिबार हुने पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने जनाएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्ने पुरस्कारकाे लागि छनाैट भएका व्यक्तिहरु प्रक्रिया नै नपु¥याई महासंघ पर्सा शाखाले बल–मिच्याई गरेको र पुरस्कृत हुने व्यक्तिहरुको हकमा पूर्णतः प्रेस चौतारीकरण गरिएले पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने निर्णय गरिएकाे प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीले वताए ।
महासंघलाई सचिन्न, आवश्यक प्रक्रिया पूरा गर्न सञ्चार सम्वद्ध चार संगठनले मंसिर २० गते सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरे पनि कुनै वास्ता नगरिएकाले पुरस्कार वितरण समाराेह बहिस्कार गर्न निर्णय गरिएकाे प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतमले वताए ।
विज्ञप्ती मार्फत आफुहरुले महासंघलाई निर्णय सच्याउन आग्रह गर्दा पनि महासंघ पर्सा शाखाले कुनै किसिमकाे वास्ता नै नगरेकाेले कार्यक्रम बहिस्कार गरी पुरस्कार वितरणकाे समाचार नलेख्न निर्णय गरिएकाे समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले वताए ।
विज्ञप्ती मार्फत चार संगठनले पुरस्कार वितरण समारोह वहिस्कार गर्ने सामुहिक निर्णय गरेको जनाउँदै सोही अनुसार आफ्ना संगठन सम्वद्ध पत्रकारहरुलाई सो पुरस्कार वितरण समारोहमा सहभागी नभई सांकेतिक विरोध जनाईदिनु हुन अनुराेध गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

