उमेश बि.क/ नवलपरासी ,२९ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको नवाैं गाउँ सभा सम्पन्न भएको छ । बिहीबार पालिकाको सभाहलमा गाउँ सभा सम्पन्न भएको हो ।
सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीको अध्यक्षतामा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका क्रियाकलापहरुको बारेमा समीक्षा गर्दै गाउँपालिकाको नवाैं गाउँ सभा सम्पन्न भएको हो । सभामा स्वीकृत कार्यक्रमहरुको प्रगती समीक्षा गरिनुका साथै आर्थिक बर्षको सुरुवातदेखी हालसम्म पालिका र वडा कार्यालयबाट भएका कामहरुको बारेमा प्रगति बिवरण प्रस्तुत गरिएको थियोे ।

चालू आर्थिक बर्षको सुरुवातदेखि अहिलेसम्म भएको खर्च बिवरण सम्बन्धि छलफल गरिनुका साथै केही निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे। आर्थिक ब्यबस्थापनलाई थप पारदर्शी, जवाफदेहीता, सु-ब्यबस्थित गर्नेगरी सहमतिका साथ महत्त्वपूर्ण निर्णय गरिएको वहाँले बताउनुभयो।

सभाले योजनाहरु संसोधन समेत गरेको छ। वडा तथा गाउँपालिका कार्यालयबाट बिनियोजित बजेट तथा विभिन्न योजनाहरु संसोधन गरिएको गाउँपालिका उपाध्यक्ष उत्तमा रायले बताउनु भएको हाे। योजना र लागत रकम हेरेर केही शिर्षकमा बिनियोजित बजेट र योजनाहरु संसोधन गरिएको वहाँले बताउनु भएको हाे।

नवाैं गाउँ सभालाई सम्बाेधन गर्दै पालिकाका अध्यक्ष राधेश्याम चाैधरीले पुर्वाधार बिकास,सडक, बाटाे कालोपत्र , कृर्षि ,शिक्षा तथा स्वास्थ्य ,महिला तथा बालबालिकालाई बिशेष प्राथमिकता दिदै जनताले महसुस हुनेगरी काम भएको बताउनु भएको हाे।

नवाैं गाउँसभाकाे अवसरमा बहुउद्देश्यीय सभाहल तथा स्तनपान कक्षकाे उदघाटन पनि गरिएको हाे। साथै पालिका कर्मचारी ,नगर प्रहरी ,विद्यालय ,प्रहरी ,पत्रकार तथा पर्यटन क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याउने ब्यक्तिलाई सम्मान गरिएको थियाे।

प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सन्चालन याेजनाशाखा प्रमुख राजन बस्यालले गर्नुभएको थियोे ।

सभामा कार्यपालीका सदस्य, सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, विद्यालय प्र.अ , प्रहरी ,कर्मचारी तथा पत्रकारहरुकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

