संजय कुशवाहा /नवलपरासी २९ पुष
मितेरी कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका कर्वाहकअध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि आवश्यक छ । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ ।आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

सहकारी संस्थाकाे सधारण सभामा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव ,राष्ट्रिय सहकारी बैंक बर्दघाटका प्रमुख सविना पोखरेल ,विश्व बन्धु यादव , राम अवतार कोईरी , अरविद्र चौधरी लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । २०७१ सालमा स्थापना भएको सहकारीले ४ करोड ९८ लाख ८४ हजार ६ सय ११ रुपैयाँ बराबरको आर्थिक कारोबार गरी ६ लाख ६५ हजार ५ सय ९५ रूपैयाँ बराबरको शुद्ध नाफा गरेको संस्थाका ब्यवस्थापक कृष्ण मोहन गुप्ताले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

