वीरगंज कृष्णा यादव/पुस २९ गते बिहिबार
मुख्तार मियाँको हत्या अार्थिक प्रलोभन र अापसी रिसईबीमा भएको प्रहरीको अनुसन्धानले खोलेको छ
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे पर्सामा ८ दिन अगाडि मृत अवस्थामा फेला परेका भारतीय रिक्सा चालक मुख्तार मियाँको रिसइबी र आर्थिक प्रलोभनका कारण हत्या अनुसन्धानले खुलेको बताउनुभयो।
प्रहरी उपरीक्षक बस्नेतले मुख्तार मियाको श्रिमतीले हामी कहाँ बेपत्ता भएको भनेर जनकारी गराएकी थिन्।त्यही दिन प्रहरीलाई गण्डक स्थित रहेको नारायणी ब्योधा अस्पतालको पछाडि एउटा लाश फेला पारेका थिए।त्यो लाशलाई संनाखत गर्दा मियाँको लास नै रहेको उहाको श्रिमतीले संनाखत गर्नुभयो ।वीरगंज महानगरपालिका भित्र रहेका सिसिक्यामराहरु र टेकनिक्ल अनुसन्धानहरुवाट अनुसन्धानहरु गर्दे जादा घटनास्थलमा चार जनाको संलगता मान्छेहरु मिलेर उहाको हत्या गरेको पाएको छ।
त्यसैगरी घटनास्थलमे हत्या गर्ने मध्ये भारत बिहार राज्य मोतिहारी वडा नम्बर ६घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया बस्ने बर्ष ३० को ईरिक्सा चालक सुनिल कुमार र बारा परावनिपुर गाऊपालिका वडा नम्बर ५ बस्ने बर्ष २२ को निकेश पटेल र घटनामा संलग्न रहेको भारती नागरिकको खुल्लासा भएपनि फरार रहेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।
प्रहरीले घटना घटेको केही दिन अगाडी मुख्तार मिया संगै सपन मण्डल एउटै डेरामा बस्दै अाएको थियो।
डेरामा बस्दै अाएका सपन मण्डल र मुख्तारको बिच झगडा भएको थियो ।झगडाको क्रंममा सपनले मुख्तारलाई मारेर गायब बनाई दिन्छु भन्दै धम्कि दिएको र सपनले रिसईबीको कारणले मियालाई मार्ने योजना बनाई छिमेकीमा डेरा सरी बसिरहेका सुनिलाई भेटी मुख्तारलाई मार्नेको लागि ईरिक्सा किनिदिने अाश्वासन दिई रु ५० हजार रुपैया सुपारी दिएको खुलेको छ।
उक्त घटना घटाउनको लागि सुनिलले भारतीय साथि र निकलेशले अाफ्नो श्रिमतीको ठेला पसलको छेऊमा रोकी राखेकोईरिक्सा चालक मुख्तारको ईरिक्सा समक्ष गई गणडकवाट डेलिभरी केस नारायणी अस्पतालसम्म ल्याउनु छ रु ५०० दिन्छु भनी ईरिक्सा भाडामा लिई दुबै जना चढि घटनास्थलमा सम्म लियाएको थियो ।पहिला देखिनै घटना स्थलमा लुकि बसेका सुनिल फरार रहेका साथि मिली फलामको रेन्चले मियाँको टाउको माथि अनाधुन प्रहार गरि मृत्यु भएपछि नहरमा पल्टायको प्रहरीले जनाएको छ।

भारत बिहार वैशाली जिल्लाको महुवा घर भई हाली वीरगन्ज महानगरपालिका ३ छपकैयामा बस्दै आएका ४५ वर्षीय इरिक्सा चालक मुख्तार मियाँको शव पुस २२ साँझ ५ बजे नहरमा बरामद भएको थियो ।
प्रहरीले मियाँको हत्यामा संलग्न तीनजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार मियाँको हत्यामा ४ जनाको मुख्य संलग्नता देखिएको छ । ई-रिक्सा व्यवस्थापनमा दुईजना मतियारको रुपमा प्रयोग भएका छन् । एक जना भारतीय अझै फरार रहेको प्रहरीले जनाएको छ ।
मृत्यु भएपछि नहरमा उत्तानो फालेर पल्टाइदिएका थिए । घटनास्थलबाट केही पर पुगेर उनीहरुले रेन्च र रगत लागेको सर्ट फालेका थिए । सुनिलले बाबर र बक्सरलाई फोन गरी मुख्तारको ई-रिक्सा व्यवस्थापन गर्न लगाएको पाइएको छ । गत पुस २५ मा मृतकको ई-रिस्का बाराको फेटा गाउँपालिका-४ स्थित पिलाहा सडकमा बरामद भएको थियो ।
मियाँको हत्यमा पाँच जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेको छ।पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

