Rashtriya Dainik

महासचिव आलमले ३४ औं जन्मदिन मनाए मानवसेवा आश्रममा

वीरगंज २९ पुस ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव एवं होटल व्यवसायी संघ पर्साका महासचिब नेपाल पर्यटन बोर्ड प्रदेश नं २ का सदस्य तबरेज आलमले आज मानव सेवा आश्रममा आश्रितहरु सँग आफ्नो जन्मदिन मनाएका हुन ।

३४ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम वीरगंजमा आश्रितहरु सँग जन्मदिनको शुभकामना आदान प्रदान गर्नु भएको छ । सो अवसरमा आलमले आश्रममा आश्रितहरुको लागि बिस्कुट, चाउचाउ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु समेत आश्रमलाई हस्तान्तरण गर्नु भएको छ ।

सो अवसरमा होटल व्यवसायी संघ पर्सा का कोषाध्यक्ष दलबहादुर किङ्गरिग, होटल एभरेस्ट का संचालक आदित्य गुप्ता, होटल तथा पर्यटन व्यवसायी संघ का सदस्य कुवेर कार्की, समाजसेवी बिकास गुप्ता,साहिउला हक, अब्दुल वहिद,रिजवान, डाक्टर ग्यासुदिन ठकुराई, लक्की इम्पेक्स का संचालक एमडी इन्ताफ, पत्रकार भोजपुरी टाइम्स दैनिक पत्रिका कार्यकारी सम्पादक श्रवण प्रसाद साह,निरज पिठाकोटी ,अजित भुजेल लगायतका का सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित