राजन कुमार बानिया
पर्सा २९ पुष
पर्साको सिमावर्ती बुढगाई र टिहुकी नाका भएर व्यापक मात्रामा तस्करी भईरहेको छ। प्रहरी चौकी बुढगाई र टिहुकी को बाटो भएर भारतको सिकटा ,मैनाटाड पुरुसोतमपुर बजार बाट
अबैध रुपमा भन्सार छली नेपालको बुढगाई र टिहुकी प्रहरी चौकीले खुल्याम बिहान र रातीको समयमा भारतिय सिकटा,सडकियाटोला ,मिलपर्सा बलथर , परुसोतमपुर, मैनाटाड, र नेपालको भिस्वा, बुढगाई, जयमंगलापुर,तुल्सीवर्वा,लंगडी,पोखरिया,हरिहरपुर बिर्ता,भेडिहारी लगायतको ठाउँको तस्कर हरुको मिलोमतोमा व्यापक तस्करी भईरहेको छ। सिकटा,र मैनाटाड बजार बाट कपडा,कस्मेटिक ,चिनी ,खानेतेलब्रान्ड , धान, भारतिय चपल , हाडबेयर्स , किराना समान र नेपालको भिस्वा,बुढगाई , टिहुकी भेडिहर्वा बाट नेपाली कस्टमेटिक ,मोटर, लवग,लाईची,छोहडा,मरिच,सुपारी,डराम ,सेव र रकसी सराबको तस्करी मोटरसाईकल र साईकल र पैदल टाउकोमा लिएर नेपालमा भित्रयाएर नेपालको बुढगाई जयम्ंगलापुर , टिहुकी,भेडिहर्वा, लयाई पठाउने काम मोटरसाईकलमा लोड गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी र भारतिय प्रसाशन हरुलाई नाजराना दिएर भारत लगायतको ठाउँमा तस्करीको समान लगिरहेका छन। बुढगाई , टिहुकी,प्रहरी चौकी र सशस्त्र प्रहरी बोर्डर अाउट पोस्ट मिर्जापुर टिहुकी ले अाफै र अाफ्नो घुमवा राखेर खुल्याम नाजराना असुली रहेको छ। रातीको बखतमा ब्यपाक तस्करी गराएका छ। उचअधिकारी हरु सो स्थानमा नजरपुगदैन भन्दै तस्कर हरुको लाईन खोलेको छ।प्रहरी ईन्चार्ज हरु ले नेपाल भारतको तस्कर हरु संग महिनवारी र कतिपै तस्कर हरु संग प्रति तस्कर हरु संग प्रतेक नाईट ५ हजार देखि १० हजार समम लाईन लिएको स्रोतले जनाएका छन। सिमामा रहेको बुढगाई ,टिहुकी नाकामा काम गर्न तस्कर हरु संग जिल्ला प्रहरी कार्यलय पर्सा र प्रदेश नं २ प्रहरीको नाउमा समेत नाजराना उठाउने गरिरहेको छ। दिनहु लाखौको भारतिय समान हरु अबैध रुपमा भंसार राजस्व चुहावट गरि नेपाल भित्रयाउने गरिएको मा प्रहरीका उचअधिकारी हरुले मौन बसेका छन। बाटोमा रहेको बंजारी प्रहरी चौकी ७ हजार, र बिरंचीबर्वा ईलाका प्रहरी कार्यालय समेत लिने गरिरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

