Rashtriya Dainik

जिल्ला प्रशासन कार्यलयबाट फुलकुमारी लोहारले सहजै नगद प्राप्त गर्न सकिन।

पुरन अधिकारी ,पश्चिम नवलपरासी

बैदेशिक रोजगारीको क्रममा साउदी अरबमा २०७८ बैशाखमा सुनवल ९ स्वाठीका राम बहादुर लोहारको निधन भएको हो।करार अवधि सङ्गै श्रम र बिमाको समेत अवधि सकिएकाले उनको परिवारले कुनै क्षति पुर्ति बापतको अार्थिक सहायता समेत पाउन सकेन।

परिवार पाल्नैका लागि विदेश गएका श्रीमानको मृत्युु पश्चयात परिवारमा हात मुख जोर्न समेत गार्‍हो पर्नुको साथै विदेशमा श्रीमानले काम गरे बापत कम्पनीबाट पाउनु पर्ने रकम समेत फुल कुमारीको नेपाली नागरिकता र बैक खाता नभएको कारण पाउन सकेकी थिइनन् जस्ले गर्दा उनलाई थप पीडा थपिएको थियोे ।

पश्चिम नवलपरासीमा बैदेशिक रोजगारीमा अाइपर्ने समस्याहरुको निराकरण गर्न सहजिकरण गर्ने सामी परियोजनाकि मनोपरामर्शकर्ता सुमित्रा चौधरीले प्रमुख जिल्ला अधिकारी समक्ष फुलकुमारीको समस्या र त्यसको निराकरण गर्न के गर्न सकिएला जस्ता विषय बस्तुमा छलफल पश्चयात विवाहदर्ताको अाधारमा ,कम्पनीले हकवालालाई प्रदान गर्ने रकमको हकवाला फुलकुमारी नै भएको ठानी बैंक खाताबाट मात्र प्राप्त गर्नसकिने रकम नागरिकता र बैक खाता नभएता पनि पिडित लाई अझ पीडा नथपियोस् भनी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले मृतककि श्रीमती फुलकुमारीलाई कम्पनीबाट पाउनु पर्ने रकम १लाख५६ हजार २सय तेईस रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको छ भने नागरिकता र बैंक खाता नहुदा अाफुले पाउन बाट बन्चित रकम प्रमुख जिल्ला अधिकारीको सहयोगले सहजरूपमा प्राप्त गरेपछि फुलकुमारीको गर्जो केही समय टर्ने हुदा उनको मुहारमा समेत क्षणिक खुशी झल्किएको थियो ।

फुलकुमारीलाई दिगोरूपमा खुशी पार्न भने अार्थिक पक्ष बलियो पार्नुपर्ने देखिन्छ यसका लागि त्यो परिवारमा रोजगारी र बाल बच्चा नेपाल सरकारबाट प्राप्त हुने छात्रवृत्ति बाट समेत बन्चित भएकाले उनिहरुको बुवाको निधन सङ्गै उनिहरुको जीवन पनि अन्धकार नहोस् भन्नका लागि ती बाल बच्चाको उचित शिक्षा दिक्षाका लागि सम्बन्धित निकायको ध्यानजानुपर्ने देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित