सिरहा पुस २८ – नेपाली कांग्रेस लहान नगरपालिका वडा न. २४ ले कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत विभिन्न तहको अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेका छ्न।
मंगलबार सिरहाको लहान न पा २४ स्थित मानिकदह झुट्कीमा एक समारोह बिच नव निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा सम्मान गरेका हुन।

कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सदस्य मा. सासद पदम नारायण चौधरी , अथिती प्रदेश २ प्रदेश सदस्य शारदा खा तुन , उमेस यादव .उपसभापति राम सुन्दर चौधरी ,क्षेत्रीय सभापति महेस चौधरी, पुर्ब क्षेत्रीय सभापति अछमितलाल चौधरी , नगर सभापति रास लाल राय ,लहान न पा का सम्पूर्ण ईकाइ सभापति ,नेपाली कांग्रेस का नेता राज कुमार राउत लगायत नेपाली कांग्रेस लहान नगरपालिका वर्डा-२४ का सम्पुर्ण जेष्ठ नागरिक लाई बधाई तथा सम्मान गरेको नेपाली कांग्रेस वर्डा कार्यसमिति लहान न पा-२४,सिरहा का सह -सचिब सुदिप महतो ले बताए ।

कार्यक्रम मा उपस्थिति भएको सम्पूर्ण नेपाली कांग्रेसका नेताहरु ले माघ -१५ मा हुन गई रहेको सिरहा जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार राम सुन्दर चौधरी लाई समर्थन गरि बिजय गराउने सह सचीव महतोले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

