Rashtriya Dainik

शहिद पत्रकार सिंहको सिंह १३ औं स्मृति दिवस लहानमा मनाइयो

महेश सिंह सिरहा लहान २७ पुष- शहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस सिरहाको लहान,गोलबजार,
मिर्चैया,सिरहा सदरमुकाम लगायतका ठाँउमा मनाएका छन्।
पत्रकार सिंहको १३औं स्मृति दिवस मनाउन नेपाल पत्रकार महासंघ सिरहा सखा लगायत विभिन्न पत्रकार संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन्।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले आज साझ करिब ७ बजे लहानको सहिद चौक स्थित महासंघको केन्द्रिय परिषद सदस्य तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता,नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,कोषा अध्यक्ष बिरेन्द्र नेपाल लगायत विभिन्न मिडियाका दर्जनौं पत्रकारहरुको उपस्थितिमा सहिद सिंह तस्बिरमा अबिर लगाई मैनाली प्रज्वलन गरी स्मृति दिवस मनाएका छन्।

पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ। महिला हिंसा,तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २७ पुस २०६५ सालमा हत्या गरिएको थियो।स्थानीय रेडियो टुडे एफएममा कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित