Rashtriya Dainik

पर्साको धोबीनी गाउँपालिकाका अध्यक्ष र जनप्रतिनीधिको विरुद्धमा गाउँपालिकाबासीले प्रदर्शन

बिरगंज २७ पुष
पर्साको धोबीनी गाउँपालिकाका अध्यक्ष र जनप्रतिनीधिको विरुद्धमा गाउँपालिकाबासीले प्रदर्शन गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई फसाउन खोजीएको र ईमान्दार प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गराउन खोजेको भन्दै सयौँको संख्यामा स्थानीयले प्रदर्शन गर्दै विरोध जनाएका छन् ।
नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष प्रभु पटेल, जसपाका देवेन्द्र पटेल, जनमत पार्टीका अमिका राउत कुर्मी, नेपाली कांग्रेसका श्याम पटेल, जसपाका दिवाकर पटेल, मदन चौहान लगायत विभिन्न राजनीतिक दलका प्रतिनीधि एवम् नेता कार्यकर्तासँगै सयौँको संख्यामा स्थानीयहरुले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीसहित जनप्रतिनीधिहरुको विरुद्धमा नाराबाजी गरेको नेकपा माओवादी केन्द्रका युवा नेता सन्तोष पटेलले जानकारी दिए ।
युवा नेता पटेलका अनुसार प्रदर्शनका क्रममा गाउँपालिका अध्यक्ष कुर्मीका छोरा धिरज पटेल र प्रदर्शनकारीबिच झडपसमेत भएको छ ।
प्रदर्शनको क्रममा ‘राजु साह जिन्दावाद, मुखिया चोर मुर्दावाद, मुखिया चोर, गाउँपालिका छोड’ लगायतका नारा लगाएका थिए । प्रमुख प्रशासकिय अधिकृत राजु साहले आफ्नो कार्यकाल यताको सम्पुर्ण हिसाव गाउँपालिकाबासीसमक्ष सार्वजनिक गरेपछि स्थानीयले साहको समर्थनमा प्रदर्शन गरेका हुन् ।
साथै स्थानीयले साह आउनु अघिको आर्थिक वर्ष २०७४÷७५ देखिको सबै हिसाव आम जनता समक्ष पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित