Rashtriya Dainik

नेकपा एमालेको १० औं जिल्ला अधिबेशन लहानमा जारी

महेश सिंह सिरहा लहान २६ पुष – नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं जिल्ला अधिबेशन लहानमा जारी रहेको छ।
पार्टीको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा कार्यक्रम सरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेशको पुर्व मुख्य मन्त्री शंकर पोखरेले रहनु भएको थियो।

बिशिस्ट र अतिथिहरुमा पार्टीको केन्द्रिय सदस्य तथा पुर्व सांसद रघुवीर महासेठ,पुर्व मन्त्री प्रभु साह,सुमन प्याकुरेल,पुर्व कानुन मन्त्री लीला नाथ श्रेष्ठ,पुर्व प्रदेश प्रमुख धर्मनाथ यादव,राजेन्द्र चौधरी,युवा नेता सरोज कुमार यादव, राम नारायण मेहता रामपृत राम लगायत हजारौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको आयोजकले जानकारी दिनु भयो।

प्रमुख अतिथि पोखरेलका अनुसार बलियो राष्ट्रिय निति निर्माण गर्नका लागी एमाले लाई जिताउनु पर्छ। जनताको जिबनमा परिवर्तन ल्याउन र एमाले पार्टी लाई जिताउनु पर्छ।
एमाले सिरहामा बिजय हासिल गर्नु भयो त्यो सगरमाथामा चढ्ने कठिन काम बाट उकास लिनु भयो बताए।

हुलाकी सडक बन्छ भने कुराको आश पनि छोडीसकेको थियोे तह एमालेको सरकार त केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमालेको सरकारले हुलाकी राजमार्ग बनाउछ चर्चा गरेका थिए।तराई मधेसको रुप रङ बदल्ने काम एमाले पार्टीले गर्ने बताए।

तराईका जनताहरु एमाले बिरोधि हैन,हिमाईती बन्छन्।
तराई मधेस र राष्ट्रियलाई बदल्नु छ भने एमालेको सरकारको काम अपरिहार्य रहेको छ बताए।अब आउने चुनाव एमाले पार्टी प्रचारको लागी चुनावमा आउदैन जित हासिल गर्न र जनताको इच्छा आकान्छा पुरा गर्न आउने बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित