Rashtriya Dainik

सर्वाधिक मत ल्याउँदै नेकपा एमाले नवलपरासी जिल्ला सदस्यमा सुखाडी प्रसाद चाैधरी बिजयी

राष्ट्रिय दैनिक / नवलपरासी , २५ पुस

नेकपा एमाले पश्चिम नवलपरासीको जिल्ला सदस्यमा सर्वाधिक मत ल्याएर सुखाडी प्रसाद चाैधरी बिजयी हुनुभएको छ ।

नेकपा एमालेकाे ८ अाैँ जिल्ला अधिवेशनमा शनिबार राति सकिएको मतगणनाको परिणाम अनुसार चाैधरी ३ सय ५१ मत ल्याएर विजयी हुनुभएको हाे । चाैधरीले नेकपा एमाले पश्चिम नवलपरासीको जिल्ला सदस्यहरु मध्ये टप वनमा पर्नुभएकाे छ।

त्यस्तै सचिव धिरज शर्मा बस्याल ३५९ र उपाध्यक्ष डोलराज भण्डारी ३५३ ले पदाधिकारीमा सर्वाधिक मत ल्याएर विजयी भएका हुन् । नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी ३ सय ३२ मत ल्याएर विजयी भएका हुन् । 

जिल्ला सदस्य सुखाडी प्रसाद चाैधरीले आफूलाई जिल्ला सदस्यमा सर्वाधिक मत दिइ विजय गराउने सबै अग्रज ,सुभेच्छुक तथा जिल्ला प्रतिनिधिमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित