उमेश बि.क / नवलपरासी ,२५ पुस
पश्चिम नवलपरासीको भुमहिमा सुचनाको अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक विकास मन्चकाे संयुक्त अायाेजना तथा युनाइटेड मिसन टु नेपालकाे सहयोगमा ” काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवन परियाेजनाबाट अभिमुखीकरण कार्यक्रम गरिएको हाे।

सुचनाको अधिकार सम्बन्धी अभिमुखीकरण सुनवल सामुदायिक बिकास केन्द्रकाे उपाध्यक्ष देव कुमारी घिमिरेकाे अध्यक्षतामा पाल्हिनन्दन र प्रतापपुर गाउँपालिकाकाे जनप्रतिनिधि , शाखाका प्रमुख , विद्यालय , सहकारी ,क्लबका प्रतिनिधि तथा पालीकाका सरोकारवालाहरुसंग अभिमुखीकरण तथा कार्यक्रम गरेको हाे ।

अभिमुखिकण कार्यक्रममा सुचना भनेको केहाे..?, सुचनाकाे हक ,सुचनाकाे हककाे विशेषता,लाेकतन्त्रकाे अाधारभुत मुल्यमान्यता ,सुचना माग गर्न सकिने सार्वजनिक निकाय,सुचना कसरी माग्ने ,सुचना पाउने प्रक्रिया,कार्वाही र दण्ड सजाय,सार्वजनिक गर्नुपर्ने सुचनाहरु लगाएतकाे विषयवस्तुमा कालिका स्वालम्बन बिकास केन्द्र कपिलवस्तुका कार्यकारी निर्देशक अर्जुन थापाले सहजिकरण गर्नुभएको थियाे।

अभिमुखीकरण कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पाबित्री काेहार , युनाइटेड मिसन टु नेपालको रिकाेभ परियोजना ब्यवस्थापक ज्याेती सेढांई , पाल्हि वडा नम्बर १ लल्लन यादव , प्रतापपुर ८ वडा अध्यक्ष कादिर खान ,इन्द्रेणी सामाजिक बिकास मन्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी,प्रतापपुर बहुमुखी सहकारी संस्था ब्यवस्थापक गाेबिन्द पाठक लगाएतले सुचनाको हक नागरिकहरुको मौलिक हकहरु मध्य महत्वपुर्ण हक भएकोले याे अभिमुखिकरण कार्यक्रम निकै प्रभावकारी रहेको कुरामा जाेड दिइएका थिए । नेपालको संविधानमा उल्लेख गरेका मौलिक हक मध्ये सुचनाको हक नागरिकहरुको महत्वपुर्ण हक भएकोले यस्ता कार्यक्रम समुदायमा पनि ल्याउन अनुरोध समेत गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

