Rashtriya Dainik

शुभेच्छा साकोसको नवौं वार्षिक साधारणसभा तथा बेलाटारी सेवाकेन्द्र उद्घाटन समारोह सम्पन्न

संजय कुशवाहा / नवलपरासी २४ पुष

शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा तथा बेलाटारी सेवा केन्द्र उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा केन्द्रीय कार्यालय रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा एवम् वडा न.९ बेलाटारीमा बेलाटारी सेवा केन्द्र उद्वघाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष भगवन्त प्रसाद धवलको अध्यक्षता तथा संविधानसभा सदस्य देवकरण प्रसाद कलवार (सन्तु ) को प्रमुख अथित्यता एवम् राष्ट्रिय सहकारी बैंकको संस्थापक सदस्य मुक्तिनाथ पाण्डे, नेपाली कांग्रेसका जिल्ला सचिव उमेश चन्द्र यादव, नेफ्स्कुन भुमही शाखा प्रमुख नेत्र सापकोटा, राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखाका प्रतिनिधि, गण्डक नदि नियन्त्रण संघर्ष समिति संयोजक दूधनाथ गुप्ताको विशिष्ट अथित्यतामा साधारण सभा तथा उद्वघाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य कलवारले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि आवश्यक छ । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ बताउदै सहकारी संस्था सफलताको लागि शुभकामना दिनु भएको थियो ।

साथै नेपाली कांग्रेसका जिल्ला सचिव उमेश चन्द्र यादवले गाउँ टोलहरूमा चर्को ब्याजमा पैसा दिनेहरूसंग मुक्ति दिलाउनको लागि सहकारीलाई धन्यवाद दिदै कृषि ,पशुपालन ,बैदेशिक रोजगारी आदिमा लगानीको साथै शैक्षिक क्षेत्रमा लगानीको अवसर दिनको लागि सहकारीसंग समेत आग्रह गर्नु भएको थियो ।

सहकारी संस्थाकाे सधारण सभा तथा सेवा केन्द्र उद्वघाटन कार्यक्रममा वडा न.९ वडा अध्यक्ष हेमेन्द्र पजियार , वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव , राष्ट्रिय सहकारी संस्थाको संस्थापक सदस्य मुक्तिनाथ पाण्डे , नेफ्स्कुन भुमही सेवा केन्द्रका प्रमुख नेत्र प्रसाद सवकोटा ,विश्व बन्धु यादव , लगायतको सहभागीता थियो । २०६९ सालमा स्थापना भएको सहकारीले १९करोड ५९ लाख १५ हजार १ सय ७४ रुपैयाँ ४७ पैसा बराबरको आर्थिक कारोबार गरि १ करोड ८ लाख ५ हजार १ सय २२ रूपैयाँ शुद्ध नाफा गरेको संस्थाको कोषाध्यक्ष बलवन्त कुर्मीले जानकारी दिनुभयो। ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित