Rashtriya Dainik

नौलो विहान बहुमुखी सहकारी संस्थाको ५४ अौं वार्षिक साधारण सभा सम्पन्न

संजय कुशवाहा / नवलपरासी २४ पुष

नौलो विहान बहुमुखी सहकारी संस्थाको ५४ अौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा न. ६ गुठी परसौनीमा नौलो विहान बहुमुखी सहकारी संस्थाको ५४ अौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष सत्य देव पाण्डेको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न.६ को वडा अध्यक्ष रामहरी उपध्यायको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष उपध्यायले एकका लागि सबै र सबैका लागि एकको मान्यता अनुसार सबै सामूहिक कार्य सहकारिमा रहेर गरिन्छ भने किसानलाई आवश्यक पर्ने मल र बीउ सम्बन्धि क्रियाकलापलाई व्यवस्थित गर्दै किसानको क्षमता विकासका क्रियाकलापमा सहकारीले पनि कदम अगाडि बढाउनुको साथै आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हो ।

सो कार्यक्रममा समाजसेवी देवेन्द्र मिश्रा ,गुठी परसौनी आयुर्वेद अौषधालयका प्रमुख दिनबन्धु मिश्रा ,महाकवि देवकोटा प्राविधिक शिक्षालय सुनवलका ईन्जिनियर अमृत मिश्रा , समाजसेवी केशव अधिकारी ,बच्चा राय ,रामजी सिंह , राजेश पाण्डे , श्रवण कुशवाहा लगायतहरुको सहभागीता रहेको थियो ।

सहकारीले ८ लाख ७५ हजार २५ रुपैयाँ बराबरको शुद्धनाफा गरेको संस्थाको ब्यवस्थापक बन्धु कुभ्हालले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित