नन्दु यादव ,पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९ बेलाटारीमा रहेकाे उख कृषक कृषि सहकारी काे प्रथम साधारण सभा सम्पन्न भएकाे छ ।सस्थाका अध्यक्ष सुनिल गुप्ताकाे अध्यक्षता तथा लुम्विनी प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री अजय बहादुर शाहीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रम मा सुभा अलि असारी ले स्वाग मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रम बोल्दै प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अधयक्ष अञ्जु कुमारी चौधरीले उखु किसानका समस्या प्रति गाउँपालिका पनि चिन्तित रहेको बताउनुभएको थियो । चौधरीले उखु किसानका लागि गाउँपालिकाको तर्फबाट हुने सहयोग गर्नका लागि सदैव तयार रहेको बताउनुभएको थियो । तेसै गरि सहकारीका संस्थापक धिरज त्रिपाठीले उखु किसानहरु चिनी मिल संचालकहरुबाट बर्षौ देखी पिडित बन्दै आएकोमा किसानहरुलाई एकजुट बनाउँदै सहकारीको स्थापना गरेको बताउनुभएको थियो । सहकारी मार्फत केही बर्षमै चिनी मिल संचालन गर्नेमा आफु आसाबादी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्विनी प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री अजय बहादुर शाहीले उखु किसानहरुको समस्या समाधानका लागि किसानहरुलेनै संचालन गर्ने चिनि मिल आवश्यक रहेको बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको उखु कृषक कृषि सहकारीकोे प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शाहीले अव सरकार र किसानको सहभागिता रहनेगरी चिनीमिल संचालन गर्नुपर्ने बताउनुभएको थियोे ।

मन्त्री शाहीले सरकारको ५१ प्रतिशत शेयर र बाँकी कृषकहरुको शेयर रहनेगरी चिनीमिल संचालन गर्नका लागि आफ्नो तर्फ ज्ञबाट निरन्तर प्रयास रहने बताउनुभएको थियो । शाहीले सहकारी मार्फत किसानहरु स्वयम उद्योगी बन्ने गरी अगाडि बढ्नका सबै एकजुट हुनका लागि आग्रह समेत गर्नुभएको थियो । 
साधारणसभामा अध्यक्षको वास्तविक तथा भवि कार्य योजना तथा सहकारी मार्फत उखु चिनिमिल स्थापना गर्ने अभियान को कार्ययोजना प्रस्ताव पारित गरेको छ भने , कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कोषाध्यक्ष राम ब्यास यादवले एक बर्षको अवधीमा सहकारीले एक करोड बराबरको आर्थिक कारोबार गर्न सफल भएको बताउनुभएको थियो । सहकारीमा १ सय ९४ जना कृषक आवद्ध रहेको बताईएको छ । सचिव दिपक अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

