Rashtriya Dainik

शुलक्ष्य कृषि सहकारी सस्था लि.भुजहवाकाे साताै साधारणसभा सम्पन्न

नन्दु यादव / पाैष २४ ,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाको सरावल गाउपालिका वडा न ६ भुजहवामा रहेको शुलक्ष्य कृषि सहकारी सस्थाको साताै साधारण सभा अाज सम्पन्न भएको छ ।ग्रामीण क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाले बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दैै आएको हाे । आ ।ब २०७७/७८को ५कराेड६५ लाख ९२ हजार ९सय ४८ रुपैया बराबरको आय ब्यय प्रस्तुत भएको थियो ।जसमा यस सस्थाले २३लाख३५ हजार ३सय ८१रुपैया बराबरको शुध्द नाफा गर्न सफल भएको छ ।
यस सस्थाले कृषि ,पशुपालन ,बैदेशिक रोजगार ,शैक्षिक लगायतको क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुको आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाका ब्यवस्थापक सन्ताेष कुमार कुशवाहालु बताउनु भयो ।यसै गरि घरघरमा सदस्य बनाउने समेत लक्ष्य रहेको बताईएको छ।

कार्यक्रम सस्थाको अध्यक्ष सत्येश्वर पाण्डेकाे अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता तथा पुर्व सासद देवकरण कलवारकाे विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।सस्थाका सदस्य शम्भु प्रसाद गुप्ताले स्वागत मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रममा,सस्थाका सदस्य जितेन्द्र यादव, पत्रकार नन्दु यादव ,समाजसेवी, दिपक क्षेत्री,नेवास यादव,लुम्बिनी प्रदेश कृषि निर्देशनालयका देवेशकुमार मिश्रा , सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खान धुनिया ,प्रतापपुर ागाउपालिका वडा न ४का वडाअध्यक्ष जन्त्री बरई ,सरावल गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी लगायतले संस्थाको प्रगतिको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेल ले सहकारीले देशको मेरुदण्डको रुपमा रहेकोले सबैले सहकार्य गरि सहकारीहरुलाइ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।किसानहरुलाई राहात हुने भएकोले सबैजना मिलि गाउगाउमा सहकारीको स्थापना गरिनुपर्ने अावश्यक रहेकाे बताउनु भयो ।दलाल हरुले गरिब जनताहरुलाई मिटर ब्याजमा पैसा लगानी गरि गरिब जनताहरुलाई दुख दिने दिन गएकाे बताउनु भयाे ।अब सबै किसान दाजुभाई तथा अामनागरिकहरुले अब सहकारी बाट सस्ताे ब्याजमा काराेबार गरिनु पर्ने अवस्था अाएकाे बताउनु भयाे । साथै यस क्षेत्रमा रहेकाे बाढि समस्या बारे डिपिअार तयार भईरहेकाेले अबकाे केही समयमा बाढि समस्या समाधान गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।साथै उखुकाे भुक्तानी समस्या लाई मध्यनजर गर्दै समाधान गर्न तर्फ अाफु लागि परेकाे बताउनु भयाे ।कार्यक्रम लाई सस्थाका सचिव महादेव यादव ले सन्चालन गर्नु भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित