Rashtriya Dainik

सशस्त्र प्रहरीको नियम कानुनलाई धज्जि उडाउदै सशस्त्र प्रहरी निरीक्षक साह

रन्जित चाैरसिया / पर्सा २४ पौष। सशस्त्र प्रहरी बल नेपाल संगठनलाई एउटा अब्बल संगठनको रुपमा मानिएपनि संगठनको नीतिलाई केही कर्मचारीले नै खिल्ली उडाएको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि शैलेन्द्र खनालले संगठन भित्र रहेका सबै कर्मचारीलाई सीमा नाकामा निगरानी बढाउन निर्देशन दिएपनि संगठनकै सशस्त्र प्रहरी निरीक्षकले खिल्ली उडाउदै कमाई खाने भाडो बनाएको पाइएको हो ।
पर्सा जिल्लाको ग्रामिण भेगमा रहेको बोर्डर आउट पोष्ट बन्जारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहले आफ्नै संगठनको नीति निर्देशन विपरीत सीमा नाकालाई कमाई खाने भाडो बनाएको पाइन्छ । सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहले रातीको समयमा सीमा नाका हुदै तस्कर समुहलाई तस्करीको लाइन दिएको एक भिडियोबाट प्रमाणित भएको छ । उक्त भिडियोमा सीमा सुरक्षाको निम्ति खटिने सशस्त्र प्रहरीको टोली अगाडीबाटै ट्रयाक्टरको माध्यमले तस्करीको मालसमान अवैध तरिकाले आयात निर्यात हुने गरेको प्रष्टै देख्न सकिन्छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका र सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष बस्नेतको छत्र छाया पाए पश्चात सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहले आफ्नै मातहात रहेका सीमा नाकाबाट ठूला वडा तस्करीको लाइन दिएको बारे चर्चाको बिषय बनेको छ । ठूला वडा तस्कर समुहले स्थानीय बिओपीदेखी गणपतिलाई समेत रकम बुझाएकै कारण खुल्याम ट्रयाक्टरकै माध्यमले तस्करीको लाइन चलाउन सफल भएको स्थानीयहरुले बताएका छन । स्थानीयका अनुसार रातीको समयमा ठूला वडा तस्कर ट्रयाक्टरकै माध्यमले तस्करीका मालसमान ओहर दोहर गर्ने गरेको र दिउसोको समयमा टाउको मै बोकेर मालसमान आयात निर्यात गर्ने गरेको बताए ।
सीमा सुरक्षाको निम्ति खटेका सशस्त्र प्रहरी बल नेपालका कर्मचारीले यस्तो गैर कृयाकलाप गरेको देख्दा संगठनकै नीति निर्देशन माथि प्रश्ण चिन्ह खडा भएको छ । यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले यस बिषयमा अनुसन्धान गर्ने बताएका छन । उहाले सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहले संगठनको नीति निर्देशन विपरीत गई कुनै किसिमको कार्य गरेको पाइएको खण्डमा कारवाही गरिने बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित