Rashtriya Dainik

बाउनन्गढी सहकारीको दोस्रो साधारणसभा सम्पन्न

देशबन्धु यादव/नवलपरासी,२४ पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ३ सोमनीमा रहेको बाउनन्गढी सहकारीको दोस्रो साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष रामप्रसाद यादवको अध्यक्ष्तामा तथा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजयबहादुर शाहीको प्रमुख अातिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा जनता मावि भुजहवा पूर्व प्रधानाध्यापक बेचू यादव,शेयर सदस्य रविस यादव ,पत्रकार नन्दु यादव , अम्बृस पटेल , प्रतापपुर -३ का वडा अध्यक्ष दिवाकर चौधरी लगायत महानुभावले मंतव्य दिनु भयो।

संस्थाको प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण यादले १ करोड २७ लाखको कारोबार प्रसतुत गर्नुभयो।
संस्थाले असल ऋणि बिरेन्द्र हरिजन र उत्कृष्ट बचतकर्ता फुलेना देवी शर्मालाई सम्मानित गरेको ऋण सहायक ह्रदेश यादवले बताउनुभयो ।

प्रबन्धक सिमरन लटौलाले संस्थाको योजनाका सम्बन्धमा जानकारी गराउनु भयो। संस्था उपाध्यक्ष गोरख धवलकाे स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन दिपक अधिकारीले गरेका थिए । संस्थामा १३०पुरुष १९३ महिला गरी जम्मा ३२३ शेयर सदस्य रहेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित