काठमाडौं, २३ पुस । नेपाल सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य किसानप्रति धोका रहेको राष्ट्रिय कृषि श्रमिक संघ नेपालले आरोप लगाएको छ ।
सरकारले बुधबार उखुको समर्थन मूल्य रु. ५९० रुपैयाँ प्रति क्विन्टल निर्धारण गरेको हो । श्रमिक संघका अध्यक्ष धर्मलाल यादव र महासचिव गोपाल यादवले संयुक्तरुपमा विज्ञप्ति जारी गरी समर्थन मूल्यप्रति विरोध जनाएको छ ।
‘यो समर्थन मूल्य हामी किसानहरुलाई मान्य छैन, यो किसानसँगको धोका हो ।’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले उद्योगीहरुको हित रक्षाका लागि समर्थन मूल्य निर्धारण गरेको छ । किसानको हितमा समर्थन मूल्य कायम गरेको होइन ।’
कृषि प्रधान देशमा पनि किसानको पक्षमा सरकार नउभ्नु दुःखद र पीडादायी रहेको श्रमिक संघले भनेको छ ।
उखुको मूल्य कार्तिक मसान्तमै तोक्नुपर्ने हो तर अहिले मिल सञ्चालन भइसकेपछि उखुको मूल्य तोक्नाले किसानलाई मूल्य स्वीकार गर्न बाध्य बनाइन्छ ।

श्रमिक संघले सरकारले निर्धारण गरेको समर्थन मूल्यप्रति भत्र्सना गर्दै सात सय रुपैयाँ प्रति क्विन्टल तोक्नुपर्ने मााग गरेको छ ।
साथै श्रमिक संघसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै कबुल गरेको रकम भुक्तानी तुरुन्त गर्न मागसमेत गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

