राजन कुमार बानिया
पर्सा २१ पुस
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरले चौक चौकमा दाउरा राखि आगो बालेर जनता हरुको सुरक्षा दिनु साथै जनसेवामा लागेका छन। तराईमा बढेको चिसो कुहिरो र शितलहर चलेसँगै बढेको चिसोको कारण बालबालिका,सुतकेरी, र बृद्ध बृद्धा हरलाई जनजीवन प्रभाबित बनेको कारण सो लाई मध्यनजर गरदै ग्रामिण क्षेत्रका जानकीटोला, भिखमपुर , लक्ष्मीपुर , पाण्डेपुर लगायत ठाउँ ठाउँमा चिसो बाट बचनको लागी अागो बाले बुढापाखा र बालबालिका हरुले जिउ तताउने काम गरिरहेका छन। तराईमा एकासी बढेको चिसोको कारण निजि तथा सरकारी बिधालय हरु पठन पाठन गरिरहेका स्कुले बालबालिका हरुलाई बिषेश समस्या देखिए का कारण अहिले सबै स्कुल बन्द गरिएको हो। सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको सशस्त्र प्रहरी निरिक्षक निरंजन कार्की को नेतृत्व मा रहेको टोलीले ठाउँ ठाउमा दाउरा बालेर अागो तपाउन लागेको मा स्थानिय हरु बाट बधाई समेत पाएका छन।सशस्त्र प्रहरी निरिक्षक कार्कीले अाफै गाउँ गाउँमा घुमेर सुजाव दिदै भने यसतो जाडो को सम्यमा मोटो कपडा लगाउन ,घर बाट बाहिर नजान,घरमा बसी अागो बालेर तापने र बालबालिका, सुत्केरी महिला,र बृद्ध बृद्धा हरुमा चिसोमा ध्यान दिनको लागी अाग्रह गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

