Rashtriya Dainik

नया थारु गित लियर आउदै छ द कन्टेनट नेपाल

रामजी प्रजापति ,नवलपरासी / पुस १९ ।

पश्चिम नवलपरासीको बर्दघाटमा रहेकाे द कन्टेन्ट नेपाल स्टुडियोले स्थानीय कलाकारहरुमा रहेकाे कलालाई विभिन्न फिल्म,भाेजपुरी गित र थारु गित मार्फत जिल्लामा प्रस्तुति दिदै उदाई रहेकाे छ ।

थारु , भाेजपुरी र नेपाली भाषालाई समेटेर दर्जनाै भिडियाे र गितहरु बजारमा ल्याई सकेकाे द कन्टेन्ट नेपालका प्रबन्धक भुपेन चाैधरीले बताएका छन् । द कन्टेन्ट नेपालले हिन्दी फिल्म (मिस्त्री),भाेजपुरी सर्त मुभी (आल्तु फाल्तु ),नेपाली सर्त मुभी ( दीक्षा ),मदानीमा घ्यु नेपाली गित,थारु गित (सनन सनन) काे अपार सफलता पछि पुन थारु गित नैनासे नैना मिलाके बाेलकाे गित यहि माघ ५ गते बजारमा आउने प्रबन्धक चाैधरीले बताए ।

अहिले आउन लागेकाे नैनासे नैना बाेलकाे गितमा आवाज भुपेन चाैधरी र अन्नु चाैधरीकाे रहेकाे छ । लेखक र कम्पाेज भुपेन चाैधरी नै रहेका छन् । मिउजीक अरेन्ज लाेक जी मिजारकाे रहेछ भने गितकाे मिक्सिङ्ग साजन शाहले ए प्लस स्टुडियो बाट गरेका छन् ।

भिडियाेमा अशाेक के परियार,उषा चाैधरी,रुदल चाैधरी,अस्मिता चाैधरीकाे अभिनय रहेकाे छ । यसकाे डाइरेक्टर ,क्यामरा , अडिट र कलर भुपेन चाैधरीले गरेका छन् । क्यामरा अशिस्टेन्ट नवीन चापागाईंले गरेका छन् भने काेरियाेग्राफी अभिषेक सेन ठकुरी र अशाेक के परियारले गरेका छन् । साथै यसमा मिडिया पाटनरकाे रुपमा नवलपुर टुडे,भैरव खबर र कलाकार रामजी प्रजापतिकाे सहयाेग रहेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित