महेश सिंह सिरहा लहान १८ पुष- सिरहाको लहान नगरपालिका स्थित संचालनमा रहेको लहान क्यान्सर केयर सेन्टरलाई काठमाडौंको एक संस्थाले ५० लाख बराबरको सम्मान सहयोग गरेको छ।लहान नगरपालिका वडा नम्बर ७ स्थित अबस्थित रहेको लहान क्यान्सर केयर सेन्टरलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन्।
नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रिय कर्यबाहक अध्यक्ष महेश श्रेष्ठ,बिमल वडा,किरण श्रेष्ठ लगायतका ब्यक्तीहरुले ५० लाख बराबरको ल्याबका सम्मानहरु सहयोग गरेका छन्।उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोक लाल अमात्य र सम्बन्धित वडाको अध्यक्ष राकेश रोशन गुप्ताको रोहबरमा उक्त सम्मानहरु सहयोग गरेका छन्।
क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरुलाई चेक जाँचमा थप सहयोगका लागी उक्त सम्मानहरु सहयोग गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

