हात्तिवनमा पाचौं गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु

उमेश बि.क / नवलपरासी ,१७ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा माघे संक्रान्तिकाे पावन अवसरमा पाचौं गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु भएको छ ।

सम्मेमाई सामुदायिक युवा क्लबका अध्यक्ष सन्तराम केवटकाे अध्यक्षता तथा समाजसेवी अकुरुदिन पठानकाे प्रमुख अातिथ्यतामा फुटबल प्रतियाेगिता सुरु भएको हाे।

फुटबल प्रतियाेगितामा समाजसेवी अकुरुदिन पठान,नेकपा एमाले सरावल गा.पा अध्यक्ष सुरेश यादव ,वडा नम्बर ४ सचिव अशाेक कुमार पाण्डेय ,नेकपा एमाले नेता सुखाडी प्रसाद चाैधरी,नेपाली काङ्ग्रेसको नेता इन्द्रबहादुर चाैधरी ,नेपाल निजामती कर्मचारी युनियन सरावल गा.पा सचिव राजेश यादव,समाजसेवी सज्जात खान,बुद्ध सागर गुप्ता, राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक तथा नेपाल प्रेस युनियनका जिल्ला उपसभापति उमेश कुमार बि.क लगाएतले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपालिका र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियाे ।

पाचौं गाउँ स्तरीय फुटबल प्रतियाेगिता प्रथम हुनेलाई नगद ४० हजार मेडल प्रमाणपत्र र दाेस्राे हुनेलाई नगद २५ हजार मेडल प्रमाणपत्र प्रदान गरिने कमलेश कहारले जानकारी दिनुभएको हाे। खेलमा ३० अाेटा पुरुष फुटबल टिमकाे सहभागीता रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot