नवलपरासी सुनवल ११ जर्गाहाका महीलाहरुको आफ्नै पहल र प्रयासमा निर्माण भएको नव निर्मीत भवनको औपचारीक शुभारम्भ गरीएको छ । २०७१ साल देखी सक्रीय रहेको समाबेसी महीला समुह जर्गाहाको सकृयतामा निर्माण गरीएको भुइतला भवनको सुनवल नगर्पालीका का मेयर भिम ब थापा छेत्रीले राधा कृश्न मुर्तीमा पुजन गरी शुभारम्भ गरेका हुन। महीला तथा बाल बालीकाको बृहत्तर हीतमा सक्रीतापुर्बक बहस पैरबी गरी रहेको परीस्थीतीमा यस भवनले महीला सशक्तीकरण तथा उद्धम्शील्ता बिकासका निम्ती स्थायी आधार खडा भएको समुह कि अध्यक्ष गगा नेउपानेले बताइन ।
करीब १४ लाख रुपैयाँ मा भवनको भुइ तला मात्र निर्माण सम्पन्न भएको बहुद्देशीय भवनका शुभारम्भ कार्यक्रमको सम्बोधनका क्रममा अधुरो भवन पलष्टर गर्न मेयर थापाले ५० बोरा सीमेन्ट उपलब्ध गराउने बचन दिएका छन । निर्माणाधिन ३ तले भवनमा एक सभा हल , एक सिप बिकास कक्ष ,एक सहकारी काउन्टर सहीत अन्य ४ कोठा प्रस्ताब गरीएको छ । भवन भुइ तला शुभारन्भ गर्न पाएकोमा सुनवल ११ जर्गाहाका महीलाहरु उत्साहित बनेका छन ।
समारोहमा भवन निर्माणका निम्ती २ कठ्ठा जग्गा प्रदान गर्ने स्थानिय होमनारायण चौधरी , न्युज 24 टेलिभिजनका पत्रकार नारायण सुबेदी लगायत अन्य दर्जन बढी सहयोगी मनहरुलाइ प्रशन्शा पत्र द्वारा सम्मान गरीएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

