Rashtriya Dainik

जनता समाजवादी पार्टीको परासीमा विशाल जनसभा

ज्ञानेश्वर सहानी/ नवलपरासी / १३ पुस

पश्चिम नवलपरासीकाे सदरमुकाम परासीमा जनता समाजवादी पार्टी जिल्ला कार्य समिति नवलपरासीको आयाेजनामा विशाल जनसभा सम्पन्न भएकाे छ ।

जनता समाजवादी पार्टी नवलपरासीका अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षता तथा पुर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेशका भाैतिक पुर्वधार मन्त्री सहसराम यादवकाे विशिष्ट आतिथ्यतामा जनसभा सरु भएकाे थियाे ।

सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि यादवले जय मधेसको नारासाथ आफ्नो सम्बाेधन गरेको थियोे।देशकाे लागि मधेस अन्दाेलन सबैभन्दा महत्वपूर्ण उपलब्धि रहेकाे उहाँको भनाई थियो । साथै आजकाे दिनमा शिक्षा ,स्वास्थ्य र राेजगार लगायतको सेवा सबैले पाउनुपर्छ,नागरिकताकाे समस्या धेरै पहिले देखि नै रहेकाे थियो त्याे समस्या समाधानका लागि आफुले पहल गरि रहेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य एवम् केन्द्रीय सदस्य चिनक कुर्मी,लुम्बिनी प्रदेशका भाैतिक पुर्वधार मन्त्री सहसराम यादव,पुर्व शिक्षा राज्य मन्त्री एवम् केन्द्रीय सदस्य गाेविन्द चाैधरी लगायतले आफ्नो मन्तव्य राख्नु भएकाे थियो । भने स्वागत मन्तव्य जसपा जिल्ला युवा नेता एवम् रामग्राम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादवले राख्नु भएको थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका यातायात मन्त्री पुर्नवर्ती ढेंगा मगर,पुर्व रक्षा राज्य मन्त्री एवम् केन्द्रीय सदस्य रामबचन यादव,केन्द्रीय सदस्य अलाउदिन अन्सारी लगायतको उपस्थिति रहेकाे थियाे भने जनमत पार्टीका जिल्ला अध्यक्ष विजय नाथ यादव र पुर्व जिल्ला अध्यक्ष कन्हैया राजभरले जसपामा प्रवेश गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित