Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा एक पिकप गाडी सहित ठुलो मात्रामा लागु अौषध बरामद

राजन कुमार बानिया
पर्सा १२ पुस
सशस्त्र प्रहरी बेस केम्प पोखरियाले ठुलो मात्रामा पिकप लागू अौषध गाँजा बरामद गरेको छ। पर्साको पोखरिया नगरपालिका वडा नं ३ बस्नतपुरबाट पिकपमा लोड रहेको ठुलो मात्रा लागू अौषध गाँजा १ सय ५० किलो ग्राम सशस्त्र प्रहरी बेस केम्प पोखरियाका सशस्त्र प्रहरी निरिक्षक बिरेन्द्र सेनको कमाण्डमा रहेको टोलीले बरामद गरेको छ। मकवानपुर जिल्लाबाट पर्साको मुडली तर्फ लगिरहेको बिरगंज मुडली सडक खण्डबाट गोप्य सुचनाको अधारमा बा ५ च ६५५३ नम्बरको पिकप भ्यान चेक जाँच गर्दा ठूलो मात्रामा गाँजा बरामद भएको छ । पिकप गाडीमा सेटिंग गरि लगिरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएका छन।सशस्त्र प्रहरीको टिमलाई देखेर पिकप गाडी छोडेर फरार भएको छ। बरामद गरिएको गाँजा र पिक्प ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रदेश नं२ का सशस्त्र प्रहरी प्रमुख गणेश ठारामगरले जानकारी दिएका हुन्न ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित