Rashtriya Dainik

नवलपुरको बौदिकालीमा वृहत दात तथा आँखा शिविर सप्पन्न

पुस १०,नवलपुर ।नवलपुरको बौदिकाली -२ मा वृहत दात तथा आँखा सिविर सम्पन्न भएको छ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गी र बौदिकाली नवलपुर एकीकृत विकास मंचको संयुक्त आयोजनामा पुष ९ गते शुक्रबार कार्यक्रम सप्पन्न भएको हो।बौदिकाली वडा न २ स्थित स्वास्थ चौकिमा भएको कार्यक्रममा स्थानीय ३०७ जनाले सेवा लिएको कार्यक्रमका संयोजक लायन शिव खड्काले जानकारी दिएका छन। नवलपुरको पहाडी गाउपालिकाका रुपमा रहेको बौदिकाली क्षेत्रमा रहेका स्थानीय हरुमा स्वास्थ सचेतना जागृत गराउन साथै दात तथा आँखा संग सरोकार राख्ने समस्याहरु समाधान गर्न सकियोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको समेत खड्काले बताए।कार्यक्रममा स्थानीय हरुको उपस्तिथि तथा प्रदान गरिएको सेवाले आफुहरु सन्तुष्ट भएको भन्दै आगामी दिनमा समेत स्वास्थ लगायतका विभिन्न सहयोग कार्यक्रम आफुहरुले बौदिकाली गाउपालिकाका विभिन्न क्षेत्रमा लिएर जाने योजना बनाएको स्थानिय समेत रहेका बौदिकाली नवलपुर एकीकृत विकास मंचका कोषाध्यक्ष लक्ष्मण चापागाइले बताए।सिविरमा सेवाग्राहीको आवस्यकता अनरुप दात तथा आँखा परिक्षण गरिएको थियो।आँखा परिक्षण पश्चात् आवश्यक हरुलाइ चस्मा तथा विभिन्न औसधि वितरन गरिएको थियो भने दातको सामान्य उपचार तथा दात निकाल्ने कार्य समेत दन्त चिकित्सकले गरेका थिए।कार्यक्रमको उद्धाटन सत्रमा बोल्दै प्रमुख अतिथी बौदिकाली गाउपालिका प्रमुख दुर्गा बहादुर रानाले भौगोलिक रुपमा बिकट बौदिकाली गाउपालिका छनोट गरि सेवा प्रदान गरेकोमा आयोजकहरुलाइ धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत अन्य सहयोग कार्यक्रम ल्याउनको लागि अनुरोध गरेका थिए।सिविर संचालनका लागि कावासोतिमा रहेको एपेक्स डेन्टल क्लिनिक तथा दलदलेमा रहेको निदान आइ केयर तथा डेन्टल होमको प्राविधिक ,स्वास्थ जनशक्ति तथा औसधि तथा चस्मा सहयोग रहेको थियो।कार्यक्रम लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका सचिव खेम मगरले संचालन गरेका थिए।कार्यक्रममा बौदिकाली नवलपुर एकीकृत विकास मंचका अध्यक्ष शुक्रराज ओझा,सह सचीव देव गाहा मगर,लायन कविराज लम्साल,स्वास्थ केन्द्रका इन्चार्ज मेखराज राना मगर,संचारकर्मी देवराज पौडेल,निदान आइ केयर तथा डेन्टल होमका संचालक बिक्रम पाण्डे ,एपेक्स डेन्टल केयर का संचालक डा कपिल लामिछाने लगायतका स्वास्थकर्मी तथा स्थानीय वुद्दिजिविहरुको सहभागीता रहेको थियो।कार्यक्रम संचालनका लागि प्राविधिक सहयोग गर्ने संस्थाहरु,व्यवस्थापनमा सहयोग गर्ने नगरपालिका तथा आयोजनामा सहयोग गर्ने आयोजक संस्थाहरु र प्रतिनिधिहरुलाइ धन्यवाद दिदै लायन्स क्लब अफ कावासोती संप्तरङ्गीका अध्यक्ष तथा कार्यक्रमका सभापती भोजराज भुर्तेल (किरण) ले आगामी दिनमा समेत लायन्स कल्बले यस्तै खालका सामजिक कार्यक्रमहरु नवलपुरका विभिन्न स्थानहरुमा संचालन गर्ने योजना रहेको जानकारी दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित