राजन कुमार बानिया
पर्सा १० पुस
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा स्थापित दलित समुदायको युवाहरुको जमातले संचालित पिसफोर दलितस फाउन्डेसन नेपाल प्रदेश -२, पर्सा राष्ट्रिय पुरस्कार बाट सम्मानित भएको छ।
पौष ८ गते बुबाले देहान्त गर्नु भएको दिन ! मानव जीवन बाबुआमा गुमाउदाको क्षण जस्तो पिडापुर्ण समय अरु कुनै हुदो रहेनछ। नेपाल सरकारको पुर्व सचिव डा. मान बहादुर बिके ज्युले बाबुआमाको सम्झना तथा श्र्ध्दा चिरस्मरणीय बनाउन विगत १७ वर्ष देखि भिम -माया स्मृति पुरस्कार स्थापना गरि समर्पण गरिएको छ।
Peace4Dalits Foundation Nepal , प्रदेश -२ , पर्साको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युलाई सम्मानित गरिएको छ। मनोज राम ज्युले नेतृत्वमा पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२, पर्सा संस्थाले मधेशका मधेशी दलित बालबालिकाको लागि शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउदै आएकोले यो वर्षको भिम-माया स्मृति पुरस्कार प्रोत्साहन स्वरुप Peace4Dalits Foundation Nepal ,प्रदेश -२, पर्सा लाई ५० हजारको राशि तथा सम्मान पत्र प्रदान गरिएको छ। यो राशीले संस्थाको हौसला , आगामी कार्यमा सक्रियता रहने अपेक्षा गरिएको छ।
विगतको वर्ष देखी पिसफोर दलितस फाउन्डेसन नेपालले प्रदेश -२ को मधेशी दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ ,गुणस्तरीय शिक्षा , दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा संचालन गरेको छ। दलित समुदायको शिक्षामा पहुँच , दलित समुदाय सशक्तीकरण , दलित समुदायको लागि समानता तथा दलितको सामाजिक न्याय , राज्यमा पहुँच , दलित महिला सशक्तीकरण तथा दलित समुदायको आर्थिक समृद्धिको लागि कार्य सक्रिय ग्रामीण भेगको दलित युवाको जमातबाट सेवा र सहयोग गर्दैआएको छ।
काठमाडौंमा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भिम -माया स्मृति पुरस्कार समारोह तथा विके सेवक द्धारा लिखित मान्छे र माटो कविता संग्रह -२ लोकार्पण कार्यक्रमको बिच ५० हजार राशि तथा सम्मान पत्रको साथमा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / दलित सामाजिक अभियान्ता मनोज राम ज्यु सम्मानित हुनु भएको छ। यस कार्यक्रमको प्रमुख अतिथि प्रदेश -३ को प्रदेश प्रमुख माननीय तिलक परियार ज्युको साथ बाट सम्मानित गरिएको छ। यसको अध्यक्ष नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठानको अध्यक्ष रणेन्द्र बराईलीको अध्यक्षता , प्रमुख अतिथि प्रदेश -३ प्रदेश प्रमुख माननीय तिलक परियार , राजदुत पदम सुन्दास , गोबिन्द नेपाली , मोतिलाल नेपाली , डाक्टर मान बहादुर विकेको उपस्थिति रहेकोे छ।
कार्यक्रमको संचालन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको महासचिव सरोजदिलु विश्वाकर्मा ज्युले गर्नु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

