विनोद निगम/ नवलपरासी/१० शनिवार ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ पर्ने बाल शिक्षा निकेतन माध्यमिक विद्यालयमा किशोर किशोरीहरु लाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी प्रदर्शनी कार्यक्रम सम्पन भएको छ।
इन्द्रेणी सामाजिक विकास मञ्चको एकीकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना अन्तरगत सँगै जाऊ सँगै सिकौ भन्ने मुल नाराका साथ कार्यक्रम संम्पन भएको हो ।

इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजना ,यु एम एन, ट्रान्सर्फ ऐड, अस्ट्रेलियन ऐडको आर्थिक सहयोग तथा पाल्हिनन्दन गाउँपालिकाको सहकार्यमा सञ्चालन गरीएको छ।
एच आई भी प्रशारण तथा रोकथाम, यौन स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैङिता, गर्भ निरोधक तथा परिवार नियोजनका साधनहरुको बारे प्रसिक्षण गरिएको थियो।

कार्यक्रममा समाजिक परिचालक सन्दिप विक, सहजकर्ता रंगीता शर्मा, निरमा हरिजन पत्रकार विनोद निगम लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

