Rashtriya Dainik

टेड एक्सको रहर अब उपत्यकाबाहिर पनि

स्थानीय समुदायका आवाजहरूलाई सिधै विश्वव्यापी मन्चमा ल्याउन “टेड एक्स वि.पि” नेपालको पूर्वी भागमा टेड एक्सको एक नयाँ सुरुवात कार्य सुभारम्भ भएको छ ।

समाजिक प्रणालीको वास्तविकताहरु पूर्ण महिमामा उजागर गर्ने, समाजमा प्रगति ल्याउने मार्ग बारे विश्लेषण गर्ने सिद्धान्तले वि. पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न भएको हाे।

टेड एक्समा यौन तथा लैङ्गिक अल्पसंख्यक महासंघका राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचन , पल्मोनरी क्रिटिकल केयर र स्लीप मेडिसिनका विशेषज्ञ प्रा. डा. नरेन्द्र भट्ट  र प्रकाशक अर्चना थापा लगाएतले आफ्नो अभिव्यक्ति तथा आफ्नो संघर्षको कथा मार्फत जचेतना फैलाए र सबैको प्रवर्द्धनमा प्रभाव पार्नुभएकाे थियाे ।

कार्यक्रमले धरानका बासिन्दाहरूलाई विश्वव्यापी मामिलाको हिस्सा बनाउन सफल भएको भन्दै अमन शाहले वक्ताहरुलाई मायाको चिनो सहित सम्मान गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित