कपिलबस्तु : क्रान्तिकारी पत्रकार महासंघ कपिलबस्तुको दोस्रो भेला बाणगङगास्थित कोइली बनगाईमा सम्पन्न भएको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो । भेलाले इन्दिरा खनालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष अमृता थारु; सचिव निकिता के सी सहसचिव अनिता जिसी र कोषाध्यक्षमा पुजा भुसाल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्य हरुमा यादव उप्रेती ; संगीता कुवर ; अस्मिता बिस्ट ; अमृता भट्टराई रहनुभएको छ । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पान्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताउनुभयो । उहाले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको दाबी गर्दै श्रमजिबीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिट्ब्युरो सदस्य एवं प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले रास्ट्रियता जनतन्त्र र जन जिबिकाको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । अर्का पिबिएम तथा कपिलवस्तु इन्चार्ज धनेश्वर पोखरेल देजमोमा अध्यक्ष ज्ञानिराम पुरी लगायत शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य तुलसीराम पोखरेल अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य मनोज थापालगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

