Rashtriya Dainik

NCC काे चाैथाैँ बार्षिक उत्सवकाे उपलक्षमा सरसफाइ कार्यक्रम गरियाे

उत्तमकुमार थापा /बझाङ

NCC काे चाैथाैँ बार्षिक उत्सवकाे उपलक्ष्यमा सरसफाइ सहित जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

नेपाली सेना सँग आबद्व रहेकाे NCC नामक सँस्थाले आज बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा सरसफाइ सहित जनचेतनामूलक कार्यक्रम गरिएको हाे ।

ERE शिक्षक जम ईन्द्र बहादुर कुमालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि विरभद्र जङ्ग गुल्मका सह सेनानी अजित कुमार थापा रहनु भएको थियाे । कार्यक्रम बझाङ जिल्लाकाे पाण्डु माध्यमिक विद्यालय पडेस,सहित सदरमुकाम चैनपुरमा सरसफाइ कार्यक्रम गरेको हाे ।

NCC काे चाैथाैँ बार्षिक उत्सवकाे अवश्वरमा सुरु गरिएको कार्यक्रम विभिन्न स्थानमा सञ्चालन हुँदै आएकाे मेजर मेघ गुरुङले बताए । उनले भने,सफा बाताबरण स्वच्छ जीवन आजकाे आबश्यकता सचेतना अभियान भन्दै सरसफाइ थालिएको बताए । जिल्लामा कार्यक्रम २०७८/८/१९ गतेदेखि सञ्चालन भएको कार्यक्रम २०७८/९/२९ गते सम्म सञ्चालन हुने भएको छ । कार्यक्रमकाे उदश्य अर्धसैनिक उत्पादन गर्ने,नेपाली युवाहरुलाई सेना प्रति सकारात्मक साेच भावना शृजना गर्ने सेनाको डिल एराेविक्स पिटी विलिप पिटी नक्सा सम्वन्धि सामान्य जानकारी गर्ने कक्षा ८/९/१० का विद्यार्थीहरु १८ छात्र १८ जना छात्रा गरेर जम्मा ३६ जनालाई तालिम दिईरहेकाे छ । जसले भुकम्पकाे समयमा मुख्य भुमिका रहेको मेजर गुरुङले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित