Rashtriya Dainik

संगठन बिस्तार गर्दै क्रान्तिकारी पत्रकार महासंघ

नवलपरासी ९ पौष : जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति अन्तरगत जिल्ला जिल्लामा संगठन बिस्तार अभियान शुरु गरिएको छ । संगठनले प्रदेशका १२ वटै जिल्लामा भेला तथा सम्मेलन गरेर प्रदेश सम्मेलन गर्नका लागि संगठन बिस्तार अभियान तिब्र बनाएको महासङघका महासचिव एवं प्रदेश संयोजक रवि पान्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार पौष ९ गते कपिलवस्तुको कोइली बनगाइमा दोस्रो जिल्ला भेला हुन हुदैछ । त्यस्तै बाके जिल्ला भेला पौष ११ र दाङको भेला १३ गते हुने तयारी गरिएको उहाँले बताउनुभयो । ` पश्चिम नवलपरासी ; रुपन्देही र बर्दियामा जिल्ला सम्मेलन गरिनेछ ´ – उहाँले भन्नुभयो ` यहि महिना भित्र प्रदेशका सबै जिल्लामा गठन पुनर्गठन सम्पन्न हुन्छ । प्युठान; अर्घाखाँची ; रोल्पा; पाल्पा र गुल्मीमा समेत सङगठनले जिल्ला भेलाको तयारी गरेको जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित