राजन कुमार बानिया /पर्सा ,९ पुस
पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका रास्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्दै भने नेकपा एमाले बिकासित पार्टी रहेको थियो अहिले को गठबन्धन सरकार निकम्मा सावित भएको बताएका छन्।
पर्साको जगरनाथपुर गाँउपालिकामा आयोजित आमसभा एंव बृहत् पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले भने, अहिलेको सरकार निकम्मा सावित भइसकेको छ, किनकि यो सरकारलाई देशको विकास र जनतासँग कुनै मतबल छैन।’
उनले अहिलेको सरकार जनताले नभएर अदालतको परमादेशबाट बनेको सरकार हो । देशी, विदेशी शक्ति को ईसारामा बनेको सरकार रहेको छ। नेकपा एमाले र नेकपा माअोबादी केन्द्रले बनेको नेपाल कम्युनिस्ट पार्टी ले देशमा जब बिकास को लहर ल्याए पछी केही देशी बिदेशी को ईसारा मा चलने कमरेड प्रचण्डले बिकासको लहरलाई पचन नसकेर समापत गरि गठबन्धन को सरकारमा लागनु भएको हो । कमरेड प्रचण्डले विकासप्रेमी एमालेको सरकार ढालेर आफ्नो केही निहीत स्वार्थका लागि अहिलेको गठबन्धन सरकार बनाएको ओलीको आरोप रहेको थियो। अोली ले भने एमाले देशको विकासका लागि बनेको पार्टी रहेको हो यदि देशको विकास गर्नु छ भने अब सबै जना एमालेमा आउनुपर्छ। एमाले बलियो भयो भनेमात्रै मजबुत सरकार बन्छ अनि मजबुत सरकारले मात्र देशको विकास गर्छ। देशमा अब पहिलो आवश्यकता आमनिर्वाचन रहेको भन्दै उनले आगामी निर्वाचनबाट मुलुकमा फेरि एमालेको बहुमतको सरकार बन्ने दाबी गरे। नेकपा एमाले को सरकार ले २०५१ साल मा समाजिक सुरक्षा भता मासिक १ सय रुपैया बाट सुरु गरेको र अहिले नेकपा एमाले को सरकारले ४ हजार गरेको छ। अहिले नेकपा एमालेको सरकार ले हुलाकी राज्यमार्ग , स्वास्थ्य , शिक्षा ,लगायत बिधालयमा बालबालिका हरु को लागि दिवा खाजा लगायत बिकास को काम अगाडि रहेकोले प्रचण्ड लगायतको नेताहरुले बिकास को काम सहन नसकेर अाफ्नो सरकार गिराएर भ्रष्टाचारी र निकामा सरकार को गठबन्धन सरकार बनाएको दाबी गरे । पुर्वप्रधानमन्त्री केपी अोली ले जगरनाथपुर गाउँपालिका को नव निर्मीत भवन को उदघाटन गर्नु भएको थियो। उदघाटन कार्यक्रम पछी सभा स्थाल मा नेकपा एमाले मा नव प्रबेशी जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ मंसुरी ले १ सय ५१ किलोको फुलको माला लगाएर स्वागत गर्नु भएको थियो।
कार्यक्रम नेकपा एमालेका अध्यक्ष प्रभु हजरा को अध्यक्षतामा भएको कार्यक्रम मा नेकपा एमाले का रास्ट्रिय अध्यक्ष केपी शर्मा अोली र उपाध्यक्ष विष्णु पौडेलले पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाँ मंसुरी सहितका व्याक्तिहरु एमालेमा प्रवेश गरेका लागि टीका माला लगाई स्वागत गरेका थिए। गापा अध्यक्ष मंसुरी ले नेकपा माअोबादी केन्द्र पार्टी प्रत्याग गरि नेकपा एमाले मा प्रबेश गरेका हुन।
कार्यक्रममा गाँउपालिका अध्यक्ष अन्सारीको नेतृत्वमा जगरनाथपुर गापा हजारौ को संख्या पार्टी प्रबेश गरेका छन।
कार्यक्रममा नेकपा एमाले का रास्ट्रिय उपाध्यक्ष बिष्णु पौडेल, प्रदेश २ का एमाले इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लिला श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमन प्याकुरेल , पुर्व मन्त्री प्रभु साह, पुरुसोत्तम पौडेल, जुली महतो, केन्द्रीय सदस्य जयप्रकाश थारु, निर्मला देवकोटा राजकुमार गुप्ता प्रधुमन चौहान,बिचारी यादव, पटेर्लवासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, जगरनाथपुर गाबिसका पुर्व अध्यक्ष मोसालिम मियाँ लगायत नेता हरु , सहभागीता रहेका थियो।कार्यक्रम संचालक नेकपा एमाले का जिल्ला सचिव मनोज कुमार गुप्ता ले संचालन गर्नु भएको थियोे । विशाल अाम सभा का हजारौ को संख्या मा नेता तथा जनता हरु को सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

