कपिलवस्तु , पाैष ८ ।
पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे कपिलवस्तु भ्रमणले मधेशीकाे मनमा बनेकाे गांठाे फुकाल्न सकेकाे छैन ।
मधेश आन्दाेलनका बेला आफ्नाे अधिकारका लागि संघर्षरत रहेका मधेशी, थारु लगायत पछाडि परेकाे समुदायलाई हाेच्याउने वक्तव्यले जहाँ मधेशी समुदायमा अहिलेपनि नेकपा एमाले अध्यक्ष केपी ओलीप्रतिकाे कुण्ठा व्याप्त छ त्यहीं उनकाे कपिलवस्तुकाे बहादुरगंज लगायतकाे मधेशी समुदायबीचकाे सभामा स्थानीयहरु न्यून उपस्थितिले मनकाे गांठाे फुकाल्न नसकेकाे राजनितिका जानकारहरु बताउँछन् ।
मधेश केन्द्रित राजनितिका अगुवा भन्छन , याे देशमा केपी शर्माओली सरकारमा मधेशीलाई कहिलेपनि नेपाली मानेन । मधेशीले नाकाबन्दी गर्दा भारतीय संज्ञा दिने ओली नै थिए भने त्यति बेलाका वक्तव्यमा पनि उनले मधेशिलाई हाेच्याउने शब्द प्रयाेग गरेका सबैलाई थाहा छ । जिल्लाकाे बहादुरगंज लगायतकाे क्षेत्र मधेशमा ऐतिहासिक स्थलकाे रुपमा रहेकाे छ । पटकपटककाे आन्दोलन , नाकाबन्दी देखि लिएर प्रतिकारसम्म जिल्लामै अग्रपंक्तिमा याे ठाउंलाई चिनिन्छ । यसठाउंकाे चाैक मै हामी केपी ओली पुतला जलायाैं ,चक्का जाम गर्याैं तर तात्कालिन प्रधानमन्त्री रहेकाे केपी शर्माओली हाम्राे आवाज सुनेन आज चुनाव नजिकै जांदा पनि आफ्नाे सभा मार्फत पनि मधेश व मधेशीका लागि कुनै प्रकारकाे अतिरिक्त प्याकेजसम्म दिलाउने सम्म वक्तव्य नदिनुपछाडिकाे मनसाय जनताले बुझिसकेकाे छ ।
नेकपा अध्यक्ष केपी शर्मा ओली बहुमतकाे सरकारमा चार बर्ष थिए तर कपिलवस्तुलाई बिकास गर्ने कुनै नितिगत प्याकेज नदिएकाे कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहकाे भनाई छ । सांसद शाहले द्वन्द र नाकाबन्दीमा देशलाई धकेलेर प्रति नेपाली नागरिक ऋण बढाउने अस्पष्ट रणनिति भएका यस्ता राष्ट्रिय नेता आउंदैमा केही फरक नपर्ने बताउनुभयाे । एमाले लगायत कुनैपनि कम्युनिस्ट पार्टी अब नेपालमा बांकी बच्दैन्न र आउने निर्वाचनमा लाेकतान्त्रिक पार्टीमात्र देशकाे नेतृत्व गर्ने सांसद शाहले ठाेकुवा गर्नु भयाे ।
प्रधानमन्त्री पदका राष्ट्रिय नेताकाे सभामा पुरै लुम्बिनी प्रदेशका कार्यकर्तालाई ह्विप जारी गरि भीड जुटाउदा पनि आठ दस हजारमात्रकाे उपस्थितिले केपी ओलीकाे लाेकप्रियता छर्लङ्ग भएकाे कपिलवस्तु किसान संघका अध्यक्ष अनुप चाैधरीकाे भनाई छ । आफ्नाे अनुरुपकाे संविधान जारी गराएर सरकारमा हुंदापनि मधेशकाे सेन्टिमेन्ट र यहांका किसानहरुकाे समस्या समेट्न नसकेकाले ओलीकाे कपिलवस्तु भ्रमणले कुनै खास प्रभाव नपार्ने अध्यक्ष चाैधरीले बताउनु भयाे ।
पाैष ६ गते काे भ्रमणले एमालेलाई फाइदा हुनुभन्दा पनि मधेशबादी दल जनता समाजबादी पार्टी र लाेकतान्त्रिक समाजवादी पार्टीकाे अगामी रणनितिलाई दिशानिर्देश गरेकाे छ । अहिलेकाे अवस्थामा कपिलवस्तुका ३ वटै प्रतिनिधि सभा क्षेत्रमा जसपा र लाेसपाका प्रबल दाबेदार नरहेकाले आउने निर्वाचनमा मधेश केन्द्रित राजनितिलाई असर गर्ने जानकारहरुकाे बुझाई छ । सभार कपिलवस्तु टाइम्स डटकम l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

