Rashtriya Dainik

आप्रवासी कामदार सञ्जालका पदाधिकारीलक्षित २ दिने क्षमता तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न

पुरन अधिकारी ,पश्चिम नवलपरासी

आप्रवासी परिवार हकहति मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर ९ भुतहाको सयुक्त आयोजना तथा सुरक्षित आप्रवासन परियोजना सामी हेल्भेटास र रामग्राम नगरपालिकाको सहयोगमा आप्रवासी कामदार सञ्जालको २ दिने क्षमता तथा नेतृत्व विकास कार्यक्रम भुमहीमा सम्पन्न भएको छ ।

। आप्रवासी परिवार हकहति मञ्च पश्चिम नवलपरासीका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न दुई दिने कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केका, बैदेशिक रोजगारमा रहेका परिवार र बैदेशिक रोजगारमा जाने सम्भावित कामदारद्धारा गठित सञ्जालका पदाधकारीहरुलाई लक्षित गरि सो तालिमको आयोजना गरिएको हो ।

जिल्लाका सात वटै पालिका स्तरिय आप्रवासी परिवार हकहित मञ्चका पदाधिकारीहरु, जिल्ला कमिटिका पदाधिकारी गरि ३५ जना सहभागिहरुलाई मञ्चको काम, कर्तब्य, अधिकार र नेतृत्वका बारेमा सामि हेल्भेटास नेपालका वित्तिय साक्षरता र तालिम समयोजक सनत सापकोटा, सामि हेल्भेटास नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समयोजक पञ्चराम चौधरी, सामि हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जिआउल हक लगाएतले सहजिकरण गर्नुभएको थियो ।

सामि परियोजना पश्चिम नवलपरासीका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारीले यस मञ्चले सामी परियोजना सङ्ग समेत सहकार्यगरि बिगतका वर्षहरु बाटै यस क्षेत्रमा देखिएका बैदेशिक रोजगारीका समस्याहरुको निराकरणका लागि यो मञ्च लागिपरेको र अावश्यक सुचनाहरु समेत प्रदान गर्ने गरेको जानकारी गराउनुभयो भने अायोजक मञ्चका अध्यक्ष बल बहादुर थापाले मञ्च गठन गर्नुपरेको कारण ,विगत २०७१ साल देखि हाल सम्म मञ्चले गरेका कार्यहरु २०७५ सालमा जिल्ला विभाजित भए सङ्गै मञ्चको पुनर्गठन र गाउँ /नगरस्तरिय संजाल विस्तार सङ्गै मञ्चले गर्ने भावीकार्ययोजनाको बारेमा समेत प्रकाश पार्नुभएको थियोे ।

इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष साबित्री पौडेल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा तालिम पश्चयात अाफुहरुलाइ बैदेशक रोजगारीका समस्या पहिचान र त्यसको समाधानका लागि सरोकारवाला सङ्ग पिडितको न्यायका लागि जान कानुनि प्रक्रिया जस्ता यावत कुराहरूको जानकारी र बैदेशिक रोजगारमा जानु अघि र पछि एवं विदेशमा रहदा नेपाली कामदारले के गर्न हुने के गर्न नहुने जस्ता विषय बस्तुको समेत ज्ञान भएको र सोही अनुसार गाउँ र टोल बाटै सचेतना फैलाउदै सिङ्गो जिल्लामै बैदेशिक रोजगारीको समस्या लाई निराकरण गर्ने कार्यक्रमका सहभागी धमेन्द्र दुबे र धन माया क्षेत्रीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित