Rashtriya Dainik

लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा देबेन्द्रराज कण्डेल विजयी

राष्ट्रिय दैनिक / ७ पुस
काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट देबेन्द्रराज कण्डेल विजयी हुनुभएको छ।

१४ औं महाधिवेशनमा लुम्बिनी प्रदेश खुल्ला तर्फबाट वहाँ केन्द्रीय सदस्य हुनुभएको हाे ।

कुल ४६४५ मतमा कण्डेलले २७२७ मत पाएको कण्डेलकाे स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको हाे । कण्डेल शेरबहादुर देउवा प्यानलबाट उम्मेद्वारी दिएका थिए।

कुल ४६४५ मत मध्ये २० मत बदर भएको थियो । पुर्व गृहराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेको कण्डेल १३ अाैँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य बनेका थिए।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेश महिला तर्फबाट शिला शर्मा खड्का विजयी हुनुभएको छ। शिला शर्मा खड्काले २६७३ मत ल्याइ विजयी हुनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित