Rashtriya Dainik

सप्तरीको सुरुङ्गा नगरपालिकामा भलिबल रनिङ्ग प्रतियोगिता हुँदै

महेश सिंह सिरहा लहान ६ पुष-सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा बृहत खेलको आयोजना गरेको छ। स्वास्थको लागी खेलकुद राष्ट्रियको लागी खेलकुद मुलनाराको साथ बृहत खेलको आयोजना गरेको छ।

सुरुङ्गा नगर स्तरीय बिधालय खेलकुद एवं राष्ट्रियपति रनिङ सिल्ड प्रतियोगिता संचालनमा रहेको छ।नगरपालिका भित्रका अधिकांन्स निजि तथा सरकारी बिधालयका विद्यार्थीहरुले उक्त खेलमा भागलिएरका छन्।

सुरुङ्गा नगरपालिकाका मेयर मुक्ति नाथ चौधरीले प्रमुख अतिथिको आसग्रहन गर्दै रिवन काटेर खेलको उद्घाटन गरेका थिए।बिशिस्ट अतिथिमा नगरपालिका उप-मेयर बिन्दा देबि पासमान, नगर शिक्षा अधिकारी हिला लाल राना,शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र प्रसाद यादव,समाजिक बिकास समिति संयोजक देबेन्द्र प्रसाद चौधरी,सबल नेपालका परियोना अधिकृत राधेश्याम राम लगायतका अतिथिहरुको सह भागीता रहेको थियो।

प्रतियोगितामा खेलाईने खेलहरुमा भलिबल, रनिङ रिले,हाईजम्प, ज्यायलिन थे,म्युजिक चेयर ,कुर्सी दौड,भाडाे फुटाउने खेल लगायत दर्जनौं खेलको प्रतियोगिता रहेको आयोजकले जानकारी दिनु भयो। खेल पुष ३ गतेदेखि सुरु भएको थियो भने खेलको फाईनल भोलि समापन हुने आयोजकले जानकारी दिनु भयो। खेलमा प्रथम, दृतय र तृतीय हुनेलाई आयोजकको निर्णय अनुसार पुस्कार दिने अधिकारीक ब्यक्तीले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित