Rashtriya Dainik

नवलपरासीमा अपाङ्गताहरूलाई नेतृत्व विकास तालिम सुरू

संजय कुशवाहा / नवलपरासी ६ पुष

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरामा ३ दिने अपाङ्गता भएका व्यक्तिहरूको लागि नेतृत्व विकास तालिम सुरू भएको छ ।

जन जागृति अपांग संस्था (सी.वी.आर नेटवर्क ) नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा कार्यक्रम सुरू भएको हो ।

कार्यक्रममा बच्चा रायको अध्यक्षाता तथा प्रतापपुर गाउँपालिका कर्वाहकअध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेतृत्व क्षमता त्यो गुण हो, जुन जो–कोहीले पनि सिक्न सक्छ । नेतृत्व क्षमतालाई जति व्यावहारिक रूपमा प्रयोग गर्दै लग्यो त्यति नै यो क्षमतामा वृद्धि गर्न सकिन्छ । अपाङ्गता भएकाहरूलाई आगामी दिनमा पनि बजेट विनियोजन गर्न बताइन् ।
साथै यस क्षेत्रमा यस्तै बिभिन्न किसीमको कार्यक्रमको आवश्यकता देखिएको हुदाँ आफु सक्दो सहयोग गर्ने धारणा ब्यक्त गरिन ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासनिय अधिकृत रामप्रसाद सबकोटा ,प्रतापपुर रोजगार संयोजक विशाल मिश्रा , गाउँपालिका लेखापाल मोहन खनाल लगायतहरुको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित