Rashtriya Dainik

जनकल्याणद्रारा बर्दघाट र भटौलियामा सेवा केन्द्र उद्घाटन

प्रकाश न्यौपाने /नवलपरासी ।
बर्दघाट नगरपालिका ९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सोमबार बर्दघाट सेवा केन्द्र र मंगलबार भटौलिया सेवा केन्द्रको समुद्घाटन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले सहकारीहरुले पुजी संकलन र परिचालन गरि सदस्यहरुको जिवन स्तरमा सुधार गर्नु पर्ने बताउनु भयो ।

सहकारीहरुले सदस्यहरु मार्फत संकलन गरेको पुजीलाई अधिकतम प्रयोग गरि उत्पादनमा जोड दिनु पर्ने बताउदै उहाँले सहकारीमार्फत रोजगारीको सिर्जना गर्न बताउनु भयो। शर्माका अनुसार-” सहकारी मार्फत सहकारीका सदस्यहरुको जिवन स्तरमा सकारात्मक परिवर्तन आएको स्वयं सदस्यहरुले महसुस गर्नेगरि परिवर्तन आउनु पर्दछ ।”
नगरले सहकारी बाट संकलित पुजी र सो पुजीको परिचालन गरि सहकारी मार्फत रोजगारिको सिर्जना गरि आर्थिक बिकास गर्न सकिने हुदा नगरले सहकारी मैत्री ऎन ल्याएको बताउनु भयो ।

त्यस्तै मंगलबार भटौलिया सेवा केन्द्र उद्घाटन गर्दै बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलले सहकारीहरुले पुजी परिचालन गरि आर्थिक बिकासमा ठुलो योगदान गरेको बताउनु भयो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष दिप प्रकाश लोहनी, सस्थाका सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, पुर्व अध्यक्ष बद्री प्रसाद सुबेदि, बालाकृष्ण लम्साल लगायतले बोल्नु भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको जनकल्याण साकोसले केहि महिना अगाडि सरावल १ को बसाबसाहि, प्रतापपुर २ को गोपिगन्जमा सेवा केन्द्रको समुद्घाटन गरि सकेको सस्थाका अध्यक्ष डिक बहादुर पाण्डेले बताउनु भयो ।
कार्यक्रम सस्था अध्यक्ष डिकबहादुर पाण्डेको अध्यक्ष रहेको कार्यक्रमको संचालन सचिव दिपक क्षेत्री र स्वागत मन्तव्य उपाध्यक्ष मनमाया सुबेदीले गर्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित