संजय कुशवाहा / नवलपरासी ६ पुष
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाद्वारा ज्येष्ठ नागरिकहरूलाई च्यवनप्राश वितरण गरिएको छ ।
दीर्घायु योजना कार्यक्रम अंतर्गत संचालित गाउँपालिकाको वडा न.१ देखी वडा न.९ सम्मका प्रतेक वडाका ७० वर्ष भन्दा माथीका २७ सय ज्येष्ठ नागरिकहरूलाई च्यवनप्राश वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

सो गाउँपालिकामा रहेका हरेक वडामा पुगी आयुर्बेद शाखाले ज्येष्ठ नागरिकहरूलाई तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने उदेश्यका साथ वितरण गरिएकाे आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताए ।
आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदै गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ ।

आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे आयुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै आएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

