Rashtriya Dainik

एकैदिन २१ जना फरार अभियुक्त पक्राउ

संजय कुशवाहा / नवलपरासी ५ पुष

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकै दिनमा २१ जना फरार अभियुक्त पक्राउ गरेको छ ।
नवलपरासी जिल्ला अदालतबाट २०५७ सालदेखि २०७२ सालसम्मका बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बाली विगो मुद्धाका ३ जना, कुटपिट मुद्धाका ४ जना, लुटपिट मुद्धाका १ जना, अंशवण्डा मुद्धाका ३ जना, गाली बेईज्यती मुद्धाका ५ जना, जाल साझी मुद्धाका ३ जना, वन मुद्धाका १ जना र विविध मुद्धाका १ जना रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । प्रहरीले फरार अभियुक्तको खोजी कार्यलाई मिसन नै बनाएर खोजी सुरु गरेको छ ।

पक्राउ पर्नेमा २१ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट ३ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट ९ जना, बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट ७ जना, प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट १ जना र सुस्ता गाउँपालिका अन्तर्गतको एरियाबाट १ जना फरार अभियुक्त पक्राउ गरीएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालत पेश गरेर आवश्यक कारबाहीको लागि पेश गरिएको छ ।यस्तै जिल्ला प्रहरी कार्यालय मातहत समेतबाट एक हप्ता भित्रमा बिभिन्न मुद्धाका ५८ जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित