Rashtriya Dainik

क्रान्तिकारी पत्रकार महासंघको महासचिवमा पश्चिम नवलपरासीका पत्रकार पाण्डेय निर्वाचित

नवलपरासी : क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाले नारायण पंगेनीको अध्यक्षतामा २१ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ । भेलाले समितिको उपाध्यक्षद्वयमा रामकुमार श्रेष्ठ र दामोदर खनाललाई निर्वाचित गरेको छ ।
त्यस्तै महासंघको महासचिवमा पश्चिम नवलपरासीका पत्रकार रवि पाण्डेय निर्वाचत हुनुभएको जिल्ला अध्यक्ष तिवारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका पूर्व कोषाध्यक्ष समेत रहनुभएका पाण्डेय क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजकको समेत भुमिका निर्वाह गर्दै आउनुभएको थियो ।
म्हासंघको सचिवद्वयमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा धनञ्जय अवस्थी निर्वाचन हुनुभएको नवनिर्वाचित अध्यक्ष पंगेनीले जानकारी दिनुभयो ।
त्यस्तै समितिको सदस्यहरुमा सागर श्रेष्ठ, बिष्णु आले, कुमार भट्टराई, केशव अविरल, प्रेम कण्डेल , मधुकर थापा ,प्रदीप श्रेष्ठ,आयुष न्यौपाने लगायत निर्वाचित हुनुभएको छ ।
भेला उद्घाटनसत्रमा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको रक्षाका लागि जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार एंव महासंघका सल्लाहकार समिति संयोजक हिरामणी दु:खीले बिग मिडियाहरुले जनताको पक्षमा कुनै पनि मुद्धा नउठाउने बताउनुभयो ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का अर्का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्रथम राष्ट्रिय सम्मेलन पछिको बिशेष भेलामा अध्यक्ष ईन्द्र राउतको प्रतिबेदन परिमार्जन सहित पारित गरिएको छ । भेलाले ६ महिनाभित्र प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गरेर दोस्रो राष्ट्रिय सम्मेलन गर्न म्यान्डेट लिएको छ । महासंघले भेला सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित