उमेश बि.क / नवलपरासी ,४ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.४ गाेबरहियामा अवस्थित गाेबरहिया कृषि सहकारी संस्था लिमिटेडकाे प्रथम बार्षिक सधारण सभा सम्पन्न भएको छ।

सहकारीकी अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यतामा एवम प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे बिशिस्ट अातिथ्यतामा प्रतापपुर १ बाउन्नगढीमा सधारण सभा सम्पन्न भएको हाे।

सधारण सभालाई सम्बाेधन गर्दै सरावल गाउँपालिका उपाध्यक्ष रायले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । साथै अगामि दिनमा सहकारीमा चाहिने सहयाेग र साथ रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक पुरुष र महिलाकाे लागि अावश्यक छ। यसले पुरुष र महिला नेतृत्वमा ठुलाे सहयाेग गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको थियाे।

सहकारी संस्थाकाे प्रथम सधारण सभामा सुरेश प्रसाद चाैधरी ,निवर्तमान वडा अध्यक्ष छेदी प्रसाद चाैधरी ,मिना केसि ,सचिव इन्द्रबहादुर चाैधरी लगायतले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै सहकारीले महिलाको नेतृत्व विकास गरी आनीबानी परिवर्तन समेत ल्याएको जोड दिएका थिए ।

सहकारीको बार्षिक प्रतिबेदन सहकारीकाे लेखा संयाेजक शिव प्रकाश चाैधरीले प्रस्तुत गर्नुभएको थियो । २०७७ सालमा स्थापना भएको सहकारीले १ करोड २० लाख बराबरको आर्थिक कारोबार गरेको छ । सहकारीमा सरावल गाउँपालिका वडा नं. ४ का १८४ जना पुरुष र महिलाहरु आबद्ध रहेका छन । संस्थापक लगाएत नियमित बचत गर्ने, अक्षयकोष स्थपना कर्ता लगाएत ३ जनालाई सम्मान गरिएको सचिव ईन्द्र बहादुर चौधरीले जानकारी दिनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

