पुरन अधिकारी ,पश्चिम नवलपरासी
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस 2021 को उपलक्ष्यमा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनु हुने र बेपत्ता हुने नेपाली कामदारहरूको सम्झनामा सुनवल नगरपालिकाको कार्यलय परिसरमा दिप प्रज्वलन सहित मौन धारण समेत गरि अात्माको शान्ति र अाफन्तमा धैर्य धारणका लागि कामना गरिएको छ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पश्चिम नवलपरासीमा रहेको आप्रवासी परिवार हकहित मञ्चले कार्यक्रमको अायोजना गरेको हो भने सोही संस्थाको नगर र गाउँ पालिका कमिटी एवं स्थानीय तहबाट बैदेशिक रोजगारीलाई मर्यादित बनाउन संचालित सामी परियोजनाले समेत यस कार्यक्रममा एकवध्यता जनाएको हो ।

एकै पटक – एकै साथ पश्चिम नवलपरासीको सातवटै स्थानीय तहको कार्यलय परिसरमा गरिएको दिप प्रज्वलन कार्यक्रममा बोल्ने सरोकारवालाहरु ले राज्यले बैदेशिक रोजगारीमा रहेका कामदारलाई हेर्ने नजरमा क्रमशः सुधार भएता पनि अझै न्यायिक , कानुनी र क्षतिपूर्ति जस्तापाटोमा भने सुधार हुनु पर्नेमा जोड दिएका थिए।

सुनवलमा सम्पन्न दिप प्रज्वलन कार्यक्रमको अध्यक्षता आप्रवासी परिवार हकहित मञ्च सुनवल नगरका अध्यक्ष युवराज पुन मगरको रहेको थियोे भने प्रमुख अतिथि सोही वार्डका वडा अध्यक्ष बिर बहादुर गुरुङ विशिष्ट अतिथि वार्ड न. १० का वडा अध्यक्ष शेषकान्त अधिकारीको रहेको सो कार्यक्रममा अतिथिहरुमा वार्ड न.१ का वडा सदस्य मान बहादुर थापा ,अायोजक संस्थाका जिल्ला अध्यक्ष बल बहादुर थापा ,जिल्ला सहसचिव अमर नारायण चौधरी ,जिल्ला सदस्य सुनिता पौडेल ,नेकपा माअोवादी केन्द्र सुनवल वार्ड न.४ पार्टी वार्ड अध्यक्ष किशोर कुमार कर्मचार्य,साइबर सेना प्रमुख राजु ढकाल,परासी सेवा समाज UAE का अध्यक्ष भुपराज डुम्रे ,समाजसेवी संजय कुमार श्रेष्ठ ,देविलाल डुम्रे अायोजक आप्रवासी परिवार हकहित मञ्च सुनवलका सचिव धन माया क्षेत्री सहसचिव पुरन अधिकारी लगायत सम्पूर्ण नगर कमिटीको समेत उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस 2021 (december 18) को अवसरमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गर्दै पश्चिम नवलपरासीका सातवटै स्थानीयतहमा सचेतना समेत दिदै अाएको यस मञ्चले समापनको दिनमा भने सातवटै स्थानीय तह भित्र रहेका बैदेशिक रोजगारीका कारण समस्यामा परेका करिब तीस जना बालबालिकालाई न्यानो लुगा र स्टेसनरी सामाग्री वितरण समेत गरिने आप्रवासी परिवार हकहित मञ्चका जिल्ला सचिव रामु भुषालले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

