बर्दघाट नगरपालिका वडा नम्बर १४ ले वडा स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले हाजिरी जवाफ प्रतियोगिता बिद्यार्थीमा भएका आन्तरिक प्रतिभाको प्रस्फुटन गर्ने माध्यम भएकाले यसले शिक्षण सिकाई उपलब्धिलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो।

बिद्यार्थीलाई किताबी ज्ञान मात्र नभई बाह्य ज्ञानको भन्डारलाई बढाउनु पर्ने र यसका निम्ति सिकाईलाई निरन्तरता दिनु पर्नेमा उहाको जोड रहेको थियो।

प्रतियोगितामा बर्दघाट १४ का ७ वटा सामुदायिक बिधालयका बिद्यार्थीहरुलाई ७ समुहमा बिभाजन गराई समावेस गरिएको थियो भने कुल ३० वटा प्रश्न समावेस गरिएको थियो।प्रतियोगितामा २३ अङ्क प्राप्त गरि पशुपति आधारभुत बिधालय प्रथम,१७ अङ्क हासिल गरि दाउन्ने प्रावी द्वितीय र लुम्बिनी सामुदायिक बिधालयले १० अंक प्राप्त गरि तृतीय स्थान हासिल गरेका छन।बिजेताहरुलाई नगरप्रमुख बस्यालले प्रमाणपत्र,मेटल र ट्रफी प्रदान गर्नु भएको थियो।
यसै गरी वडा नम्बर १४ ले प्रबिन रुचालको अध्यक्षतामा ११ सदस्यीय बाल सन्जाल समेत गठन गरेको छ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष केसव बहादुर खत्री क्षेत्री र सन्चालन वडा सचिव टङ्कनाथ भन्डारीले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

